भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

काठमाडौं । भूमि प्रशासन कार्यालय कलंकी र मनमैजु लामो समयदेखि कार्यालय प्रमुखविहीन बनेका छन् । दुवै कार्यालयमा प्रमुख पद खाली हुँदा सेवा प्रवाह प्रभावित भएको कर्मचारीहरू बताउँछन् ।

बिज्ञापन

भूमि प्रशासन कार्यालय मनमैजुमा भने नयाँ कार्यालय प्रमुख पठाउने विषयलाई लिएर मन्त्रालयभित्र तीव्र चलखेल भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हाल कास्कीस्थित कार्यालयमा कार्यरत कालीबहादुर भुजेललाई मनमैजु ल्याउन भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले विशेष चासो दिएका छन् । कालीबहादुर भुजेल सचिव मदन भुजेलका भाइनाता पर्ने भएकाले सरुवामा अस्वाभाविक सक्रियता देखिएको आरोपसमेत कर्मचारी वृत्तमा चर्चामा छ ।

बिज्ञापन

कर्मचारीहरूका अनुसार मनमैजु कार्यालयमा कालीबहादुर भुजेललाई ल्याउन अनौपचारिक लबिङसमेत भइरहेको छ । यद्यपि मन्त्रालयले यस विषयमा औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन ।

यता भूमि प्रशासन कार्यालय कलंकीमा भने कार्यालय प्रमुख पठाउन मन्त्रालयलाई सकस परेको बताइएको छ । केही समयअघि आगलागीको घटनाबाट प्रभावित उक्त कार्यालयमा काम गर्ने वातावरण सहज नभएको भन्दै अधिकांश कर्मचारी त्यहाँ जान इच्छुक नदेखिएको कर्मचारी स्रोतको भनाइ छ । कार्यालयको भौतिक अवस्था र व्यवस्थापन समस्याका कारण प्रमुख तहका कर्मचारी समेत त्यहाँ जान अनिच्छुक रहेको बताइन्छ ।

बिज्ञापन

यसैबीच काभ्रे मालपोत कार्यालयमा कार्यरत रामबहादुर शाहीलाई सहकारी विभागमा सरुवा गरिएको छ । शाहीको स्थानमा हरिकृष्ण सुवेदीलाई काभ्रे पठाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष