राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन पुनः सचेत गराएको छ । मन्त्रालयले सूचना जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरेको हो ।

बिज्ञापन

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै निजामती कर्मचारी राजनीतिमा संलग्न भएमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराएको छ ।

बिज्ञापन

सूचनामा सम्पूर्ण निजामती कर्मचारीलाई प्रचलित कानूनअनुसार अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न तथा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ । साथै निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न विशेष ध्यान दिन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार कुनै निजामती कर्मचारी राजनीतिक दल, भातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आवद्ध संस्थाको सदस्य बनेको पाइएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानूनबमोजिम कारबाही गरिनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष