१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण सप्तरी वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

आयोगले एउटा चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन सुचारु गरिदिए बापत सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा सोमबार कार्यालय प्रमुखविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार,सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भए पनि लाइन छाडिदिनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। आयोगका अनुसार दासले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रङ्गेहात पक्राउ परेका थिए।

आयोगका अनुसार, दासले नियमअनुसार काम सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गरेको र घुस नदिए लाइन काटिदिने धम्की दिएर रकम असुल गरेको पुष्टि भएको आयोगले जनाएको छ।
दासउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ४० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐन अनुसार कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष