तत्कालीन गृहमन्त्री र गृहसचिवको भ्रष्टाचारको फाइल बन्द,मुद्धा नचल्ने

त्रिवि अध्यागमनबाट हुने भिजिट भिसा प्रकरणमा जोडिएका तत्कालीन गृह मन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको भ्रष्टाचार मुद्धाको फाइल अख्तियारले बन्द गरेको छ । यी दुईको सो प्रकरणमा कुनै संग्लनता नदेखिएको र प्रमाण नभेटिएको भन्दै भ्रष्टाचार मुद्धा नचल्ने भएको हो ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा गत बर्ष जेठ ७ गते अध्यागमनका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेका थिए । अख्तियार २१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

सो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीका अलवा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालका अलवा गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँग अनुसन्धानको राडारमा तानिएका थिए ।

लेखक, दुवाडी लगायतले सहसचिव तिर्थराज भट्टराईबाट कुनै लाभ पाएको,घूस लेनदेन भएको कुनै प्रमाण नभेटिएपछि मुद्दा नचल्ने निष्कर्ष निकालिएको हो । तर अख्तियारले भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जान खोज्दा कुनै प्रमाण नभेटिएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुई उपर केही पनि प्रमाण नभेटिएको भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष