सिंहदरबारका कर्मचारीको उकुसमुकुस

  सिंहदरबारभित्रका कर्मचारीहरु अहिले उकुसमुकुस भुक्तान गरिरहेका छन् । बोलौं कहिँ कतै सुनिदैन,नबोलौं अन्याय र अत्याचारले सीमा नाघेको कारण सन्त्रासमा चलिरहेको छ स्थायी सरकार । एकातिर मन्त्रालय मर्जका कारण अनावश्यक दौडधूप,अर्काेतिर प्रधानमन्त्रीदेखि मन्त्रीका स्वकीयहरुको दवदवाका कारण स्थायी सरकारको मनोवल खस्कदै गएको र जसको प्रत्यक्ष असर कार्यसम्पादनमा देखिन थालेको कर्मचारीहरु गुनासो गर्दछन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयकै एक सहसचिवले पीडा पोख्दै भने ‘ सत्तामा आउने व्यक्ति फेरिएको हो,प्रवृत्ति उस्तै देखिन्छ । नयाँ ‘पुराना’ र ‘नयाँ’बीच कुनै फरकपना नदेखिएको यसरी प्रष्ट्याए । ‘हिजो केपी ओलीकै पथ पछ्याउँदै वालेन सरकारले अध्यादेशबाटै शासन सत्ता चलाउन अग्रसर छन् । हिजो वालुवाटारदेखि सिंहदरबारसम्म विष्णु रिमालहरुले हालीमुहाली रहेकै शैलीमा प्रधानमन्त्री ‘नदेखिने,नसुनिने,नभेटिने’ पात्र हुँदा उनका सचिवालयका कर्मचारीहरुकोचकचकी देख्न पाइन्छ ।’
प्रधानमन्त्री वालेनका सल्लाहकार टिममा रहेकामध्ये कतिपय लोकसेवाका पाँचौ पटक प्रयास गर्दा असफल भएका,स्थानीय तहमा चौथौं –पाँचौ तहमा करार सेवामा कार्यरुत रहँदा रहँदै महानगरपालिकामा मेयरका कोर टिमबाट अहिले प्रधानमन्त्रीको सचिवालयमा फड्को मार्नेहरुको बोलबोला रहेको देखिन्छ । हिजो निजामती प्रवेश गर्न असफल भएका तिनैमध्येका केही सल्लाहकारका ‘फ्रष्टेसन’ अहिले स्थायी नियुक्ति खाएका,यही सेवामा लागेर कपाल फुलाएका कर्मचारीहरुमाथि प्रष्फुटन भइरहेको पीडा अर्काे सहसचिव तहकै कर्मचारीहरु पीडा पोख्छन् ।
प्रधानमन्त्रीका रणनीतिक सल्लाहकार मानिएका कुमार व्यञ्जनकार (बेन) देखि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका स्याङ्जा, आँधीखोलाका सुवास शर्मा, काठमाडौँ महानगरपालिकामा मेयर शाहको सचिवालयमा रही योजना तथा प्रविधि हेर्दै आएका सुदीप ढकाल,जो अहिले प्रशासन तथा सुशासनका हर्ताकर्ता छन् ।

बिज्ञापन

हिजो एमआरआर (मेन्स रुम रिलोडेड) पेज चलाउने ढकाल,रुटिन अफ नेपाल बन्द चलाउने नबिन भण्डारीहरु अहिले प्रधानमन्त्रीको दाहिना हात र विश्वास पात्रका रुपमा कार्यरत छन् । तिनले योग्यता,विज्ञता,दक्षहरु अनुसार अनुभव सुन्ने होइन कि एआइसँग सुझाव माग्ने र सोही सुझाव अनुसार कर्मचारीहरुलाई निर्देशन दिन थाल्दा कर्मचारीहरु आजित छन् । भोलि यसले नेपाललाई कहाँ पु¥याउँला भन्ने चिन्ता प्रकट गर्दछन्,ती कर्मचारीहरु । सुवास फेसबुक पेज मेन्स रुम रिलोडेड (एमआरआर) का सुरुआतकर्ता पनि हुन् । प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाका मेयर भएका बेला नवीन भण्डारी उनको सहायक स्वकीय सचिव थिए । कुनै समय उनी ‘रुटिन अफ नेपाल बन्द’ समेत आवद्ध थिए । बालेन्द्रलाई काठमाडौँको मेयर र सांसद बनाउन फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बाट खुलेर ‘मिडिया क्याम्पेन’ गर्ने भिक्टर पौडेलसँग सम्बन्धमा चिसोपना कम गर्न अहिले विवेक मिश्र सूचना, सञ्चार तथा प्रविधि संयोजकको जिम्मेवारी दिएको छ । यस्तै,सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई भित्र्याइएको छ ।
पिता उमेरका सहसचिव,सचिवहरुलाई साधारण मर्यादा समेत नराखी अहिले प्रम साहका मुख्य स्वकीय सचिव सुवास शर्मादेखि प्रशासन प्रमुखका रुपमा राखिएका सुदिप ढकालसम्म थर्काउँने गरेको कतिपय प्रशासकहरुले दिल दुखाउन थालेका छन् ।

जस्तो हालै २५ जना सहसचिवको सरुवामा समेत उनै सुवास हाबी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । सो सरुवामा यस अघि प्रदेशमा बसिसकेका तीन जना महिला सहसचिवलाई दोह्रोएर फेरि प्रदेशमा लखेटिएको छ । जबकी निजामती सेवामा एक पटक प्रदेशमा नबस्ने सहसचिवको संख्या ६० भन्दा माथि छ । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत प्रधानमन्त्री कार्यालय मातहत राखेर कर्मचारी सरुवाको काम त्यहीँबाट गराउने गरि प्रम कार्यालयमै अधिकार केन्द्रित गर्ने तयारी समेत प्रशासकहरुलाई चित्त बुझेको छैन । संघदेखि प्रदेश र स्थानीय तहको कर्मचारीहरुको खटन पटन समेत प्रधानमन्त्री कार्यालय मातहतको सरुवा वोर्डले गर्ने काम अगाडि बढाइएको छ । यसले झनै प्रशासनिक अराजकता निम्तने कर्मचारीहरु तीतो पोख्न थालेका छन् ।

बिज्ञापन

सरकारले उपसचिवहरुलाई सरकारी गाडी प्रयोगमा रोक लगाएको छ । यस अघि उपसचिव,शाखा अधिकृतहरुले चढ्दै आएको गाडी खोसेर अहिले छानी छानी प्रधानमन्त्री र मन्त्रीका स्वकीयहरुलाई चढ््दै आएको घटनाले समेत कर्मचारीहरु खुसी छैनन् । सुशासनको चर्काे कुरा गर्ने प्रधानमन्त्रीकै स्वकीयहरुले सरकारी सवारी साधन चरम दुरुपयोग गरिरहेको प्रति समेत कर्मचारीहरुको असन्तृष्टि पोख्न थालेका छन् । सवारी साधनको सुविधा नभएपछि मन्त्रालयका महत्वपूर्ण काममा समेत उपसचिवहरुसमेत सहभागी हुन छाडेका छन् । मन्त्रीका सचिवालयमा रहेका खरिदार, नायबसुब्बादेखि स्वकीय सचिवालयमा नियुक्ति पाएकाहरुले छानीछानी रोजीरोजी सरकारी गाडी दुरुपयोग गर्न छुट पाएका छन् । जस्तो अहिले गृह मन्त्रालयमा छायाँ मन्त्रीका रुपमा जेम्स कार्की र सुजन देवकोटाहरु सक्रिय छन् । जसमध्ये जेम्सले चालकसहितको चार पाँग्रे सवारी साधन प्रयोग गरिरहेका छन् भने सबैभन्दा धेरै १११ वटा गाडी दुरुपयोग गर्ने अर्थ मन्त्रालयबाट गाडी फिर्ता गराइए पनि मन्त्रीका स्वकीय सचिव नवीन ढुङ्गाना,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालका स्वकीय सचिव प्रतीक श्रेष्ठ र विवेक बास्तोलादेखि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका स्वकीय सचिव सञ्जीव महर्जनले मन्त्रालयका दुई वटा गाडी प्रयोग गरिरहेको मन्त्रालयहरुले जनाएका छन् ।

उता, प्रधानमन्त्रीको काँधमा गृहसहित रक्षा,भौतिक मन्त्रीको जिम्मेवारीमा शहरी,स्वास्थ्य मन्त्रीलाई खानेपानी समेतको जिम्मेवारी दिएको भए पनि उनले स्वास्थ्य मन्त्रालयबाटै खानेपानीको काम गर्दै आएकी छिन् । सामान्य प्रशासन र भूमि मन्त्री एकै जना छिन भने शिक्षा मन्त्रीलाई युवा तथा खेलकुद मन्त्रालयको समेत दोहोरो जिम्मेवारी छ । उनी मुस्किलले चार पटक युवा तथा खेलकुद मन्त्रालयमा पुगे होला । यसरी एउटै मन्त्रीलाई दोहोरो तेहोरो जिम्मेवारी हुँदा मन्त्रालयको प्रशासनिक फाइल बोकेर मन्त्री भेट्न दौडदाको सास्ती छ,कर्मचारीहरुलाई । अर्काेतिर मन्त्रालय गाभिने, खारेज हुने,झण्डै २२ हजारको संख्याका कर्मचारी कर्मचारी कटौती हुने हल्लाले कर्मचारीहरूको मनोबल खस्किएको र दैनिक कार्यसम्पादनमा समेत असर पर्न थालेका उच्च प्रशासकहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष