विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । व्यवसायी विष्णु कुमार अग्रवाल विरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कर छली तथा भन्सार छलिमा संलग्न रहेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

बिज्ञापन

२०८३ वैशाख २५ गते दर्ता गरिएको निवेदनमा अग्रवाल र उनी सम्बद्ध विभिन्न कम्पनीहरूको आर्थिक कारोबारमाथि विस्तृत छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

बिज्ञापन

उजुरीमा काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्क्स का सञ्चालक अग्रवालले विदेशबाट अटोमोबाइल तथा सवारी साधन आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको उल्लेख गरिएको छ । सोही कारोबारका क्रममा नक्कली भ्याट बिल प्रयोग गरेर राज्यलाई बुझाउनुपर्ने करोडौं रुपैयाँ कर छलि गरिएको आरोप लगाइएको छ ।

निवेदनमा अग्रवालको मुख्य कम्पनी २०६७ सालमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएको र हाल उक्त कम्पनी बन्द गरी सोही नामसँग मिल्दोजुल्दो अन्य कम्पनी स्थापना गरेर कारोबार सञ्चालन गरिएको दाबी गरिएको छ । उजुरीकर्ताले “मोरङ अटो वर्क्स” नामबाट प्रयोग गरिएका अक्षरहरू जोडेर “एमएडब्लु (MAW)” समूहअन्तर्गत विभिन्न कम्पनीमार्फत कारोबार भइरहेको उल्लेख गरेका छन् ।

बिज्ञापन

उजुरीमा २०६७ सालमा गठन गरिएको नक्कली मूल्य अभिवृद्धि कर छली सम्बन्धी छानबिन समितिको प्रतिवेदनमा समेत अग्रवाललाई दोषी किटान गरिएको दाबी गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्स प्रा.लि. ले आयात गरेको फोटोन विद्युतीय गाडीमा भन्सार छली भएको आरोप पनि लगाइएको छ । भन्सार विभागले च.नं. ५६४/०८१–०८२ मार्फत करिब ६ करोड रुपैयाँ बराबरको भन्सार बक्यौता देखिएको भन्दै तत्काल राजस्व दाखिला गर्न पत्राचार गरेको भए पनि हालसम्म भुक्तानी नगरेको निवेदनमा उल्लेख छ ।
उजुरीकर्ताले अग्रवाल सम्बद्ध सबै कम्पनीहरूको २०६७ सालयताको भ्याट विवरण, पुष्टी नहुने खर्च तथा आयकरसम्बन्धी कारोबारको विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । साथै, आफ्नै कम्पनीहरूबीच कृत्रिम कारोबार देखाएर कर छली गरिएको आशंका पनि व्यक्त गरिएको छ ।

उजुरीमा सम्बन्धित निकायमार्फत विस्तृत छानबिन गरी दोषी देखिए कडा कानुनी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष