प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

प्रधानन्यायधीशका रुपमा बरियताको चौथौ नम्बरका रहेका डा मनोजकुमार शर्माको नाम सिफारिस भएसगै भावी प्रधानन्यायधीशका रुपमा चर्चा गरिएका तीन पात्र रिङ आउट भएका छन् ।

बिज्ञापन

चैत्र २० गते प्रकाशमानसिंह राउत अनिवार्य अवकाशमा गएपछि कामुको जिम्मेवारीमा रहेकी सपना मल्ल प्रधान वरीयताक्रमअनुसार प्रधानन्यायाधीशको पहिलो दाबेदार थिइन् । तर बरियतामा चौथौं नम्बरका डा मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । विगतको बरिष्ठताको परम्परा भत्काउँदै संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्याय परिषद्ले पठाएका ६ नाममध्ये चौथो वरीयतामा रहेका शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ ।

बिज्ञापन

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशसँगै उक्त पदका निम्ति सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सचिवालयमा पठाएको थियो । जसमध्ये डा शर्मालाई प्रधानन्यायधीश नियुक्तिका लागि सिफारिस गरिएको हो । संसदीय सुनुवाई पार गरे पछि शर्मा सर्वाेच्चको ३३ औं प्रधानन्यायधीश नियुक्त हुनेछन् । शर्मा संसदीय सुनुवाइ समितिबाट पनि अनुमोदन भएमा २०८९ वैशाखसम्म उनले सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् ।

२०७६ वैशाख ६ मा सर्वोच्च अदालत प्रवेश गरेका उनले श्रम कानुनमा विद्यावारिधि गरेका छन् । शर्मा प्रधानन्यायाधीश हुँदा उनको कार्यकाल कायम रहँदासम्म सर्वोच्च अदालतका ११ जना न्यायाधीशको अवकाश हुनेछन् । उनको कार्यकाल अवधिभरमा सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा, शारंगा सुवेदी, मेघराज पोखरेल र श्रीकान्त पौडेलले अवकाश पाइसकेका हुनेछन् ।

बिज्ञापन

यसअघि नै नियुक्त भएका पाँचजना न्यायाधीश सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने रोलक्रममामा राखिएको थियो । चोलेन्द्रशमशेर जबराको अवकाशपछि हरिकृष्ण कार्की प्रधानन्यायाधीश चलाए । उनीपछि विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउतले प्रधानन्यायधीश चलाए । बरिष्ठताकै आधारमा प्रधानन्यायधीश बनाइएको भए सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाल प्रधानन्यायाधीश हुने छन्। यदी सपना मल्ल प्रधानन्यायधीश भएको भए २०८२ चैत १७ देखि २ बर्ष,त्यस पछि कुमार रेग्मीले २०८५ कात्तिक १ देखि २ वर्ष १० महिना र उनी पछि हरि फुयालले २०८८ भदौ २१ देखि ४ वर्ष २ महिना र उनी पछि नहकुल सुवेदी प्रधानन्यायाधीश नियुक्ति गर्ने गरि सेटिङ गरिएको भए पनि यस पटक सो सेटिङ भत्किएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

बिशेष