पाँच सचिव अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा एक पूर्वमन्त्री, चार पूर्वसचिव, एक बहालवाला सचिवसहित १४ जना तथा चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वअर्थसचिव शंकर प्रसाद अधिकारी, पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य तथा हाल बहालमा रहेका सचिव दुण्डुराज घिमिरेलाई प्रतिवादी बनाएको हो।

बिज्ञापन

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय प्रदीप अधिकारी र सञ्जिव गौतम, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्यालसहित अन्य व्यक्तिहरू र चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा त्यसका प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई अवैध रूपमा कर छुट दिइएको थियो। उक्त निर्णयबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको ठहर गर्दै आयोगले ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको जनाएको छ।

बिज्ञापन

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दा अदालतमा रूजु हुने प्रक्रियामा रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा अख्तियारले यसअघि पनि दुई वटा मुद्दा दायर गरिसकेको थियो भने यो तेस्रो मुद्दा हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष