ट्रेड युनियन खारेज,कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

सरकारले संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो ।

बिज्ञापन

संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था गरेको थियो । सचिवालयमा कार्यरत रहेका मर्यादापालक बाहेक शाखा अधिकृत वा सो भन्दा तल्ला तहका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिएको थियो तर हालै जारी भएको अध्यादेशले यस्तो अधिकार कटौती गरिदिएको हो । अध्यादेशले गरेको व्यवस्था अनुसार अब कर्मचारीहरुले ट्रेड युनियन गतिविधि गर्न पाउँदैनन् । उनीहरु सरकारको सुक्ष्म निगरानीमा रहने जनाइएको छ ।
यसरी कर्मचारी ट्रेड युनियन खारेज गरिए पनि कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ । जसअनुसार कर्मचारीले सेवा, सर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृतसमक्ष आफ्नो पीर मर्का र गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नेछन् ।

बिज्ञापन

गुनासो प्राप्त भएमा बढीमा ३० दिनभित्रमा गुनासो फर्स्योट गर्नुपर्ने हुन्छ । कर्मचारीको पीर, मर्का र गुनासो फछ्यौट हुन नसक्ने भएमा सम्बन्धित सम्बन्धित पक्षलाई गुनासो सुनुवाइ गर्ने जिम्मेवारी प्राप्त अधिकृतले १५ दिनभित्र लिखित रूपमा आधार र कारण सहितको निर्णयको जानकारी गराउनु पर्नेछ । यस्तो निर्णयउपर चित्त नबुझेमा पीर मर्का परेको सम्बन्धित कर्मचारीले एक तह माथिको अधिकारी समक्ष पुनरावलोकनको लागि निवेदन दिन सक्नेछन् ।

त्यस्तो पुनरावलोकनको निवेदन उपर भएको सुनुवाइमा समेत चित्त नबुझेमा प्रचलित कानुन बमोजिम हुने व्यवस्था राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष