सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

भक्तपुरको सूर्यविनायक नगरपालिका ले करसम्बन्धी सेवामा नयाँ अभ्यास सुरु गरेको छ। अब नगरवासीले प्यान कार्ड बनाउनदेखि अन्य आधारभूत करसम्बन्धी प्रक्रिया आफ्नै पालिकाबाटै गर्न सक्ने भएका छन्, जसले सेवा प्रवाहलाई स्थानीय स्तरमै केन्द्रित बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

आन्तरिक राजस्व विभाग को निर्णयअनुसार आन्तरिक राजस्व कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच सहकार्यको औपचारिक शुरुआत भइसकेको छ। यस समझदारीपछि नगरपालिकाले प्रत्यक्ष रूपमा करसम्बन्धी केही सेवाहरू उपलब्ध गराउनेछ भने जटिल प्रक्रिया भने राजस्व कार्यालयसँग समन्वय गरेर टुंग्याइनेछ।

बिज्ञापन

नगर प्रमुख बाशुदेव थापा का अनुसार, यो पहलले सेवाग्राहीलाई अनावश्यक दौडधूपबाट मुक्त गर्नेछ। “अब सामान्य कामका लागि राजस्व कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ,” उनले भने।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य ले सेवा सुरु हुनु अघि कर्मचारीलाई आवश्यक तालिम दिइने जानकारी दिए। उनका अनुसार, प्रारम्भिक चरणमा व्यक्तिगत तथा व्यवसायिक प्यान दर्ता, कर विवरण सच्याउने, कर चुक्ताको सिफारिस लगायतका काम पालिकाबाटै हुनेछ।

प्रक्रिया भने दुई तहमा सञ्चालन हुनेछ। सेवाग्राहीले नगरपालिकामा कागजात बुझाएपछि त्यसलाई राजस्व कार्यालयले अनलाइनमार्फत जाँच गर्नेछ। स्वीकृति पाएपछि पुनः नगरपालिकाबाट प्रमाणपत्र जारी गरिने व्यवस्था गरिएको छ।

बिज्ञापन

यससँगै मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकरसम्बन्धी केही प्रारम्भिक काम पनि नगरपालिकामार्फत अघि बढाइनेछ। करदाता शिक्षा कार्यक्रमसमेत स्थानीय स्तरमै सञ्चालन गर्ने तयारी छ।

स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउने यो अभ्यासले समय र खर्च दुवै बचत गर्ने विश्वास गरिएको छ। साथै, करदातालाई नजिकै सेवा उपलब्ध गराउँदा कर प्रशासनप्रतिको पहुँच र विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष