उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यविरुद्ध १० महिनाकै अन्तरालमा अर्काे भ्रष्टाचार मुद्धा दायर भएको छ । गत असारमा २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको आचार्यविरुद्ध अर्काे मुद्धा चलेको हो ।

बिज्ञापन

मालपोत कार्यालय, रूपन्देही, भैरहवाका तत्कालीन प्रमुख हुँदा मृतकको नाममा रहेको जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको अभियोगमा अख्तियारले आचार्यसहित तत्कालीन मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका वडा नम्बर २ का तत्कालीन अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य बुद्धिराम कहारसहितलाई प्रतिवादी बनाएको हो ।

बिज्ञापन

आयोगका अनुसार मृतक बेलर कहारको मृत्युपश्चात् उक्त जग्गाको वास्तविक हकवाला उनकी छोरी सन्जु कहार थिइन् । तर, सन्जुलाई हकबाट वञ्चित गर्ने बदनियतले स्थानीय बुद्धिराम कहारलाई मृतक बेलरको भाइ भनी नक्कली नाता प्रमाणित गरिएको थियो । अख्तियारका अनुसार, रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ का मृतक बेलर कहारको नाममा रहेको २ बिघा ५ धुर जग्गा फर्जी कागजातका आधारमा अर्कैको नाममा सारिएको अभियोगपत्रमा सात जनालाई प्रतिवादी बनाएर मुद्धा चलाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष