सरकारले दुई सातामै दोश्रो पटक बढायो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडादरमा पुनः वृद्धि गरेको छ । नयाँ सरकार बनेको महिना दिनमै दोस्रो पटक सार्वजनिक यातायातको भाडा बढाइएको हो ।

बिज्ञापन

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको मन्त्रिस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने यात्रुवाहक र ढुवानीका दुवै सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो । यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

बिज्ञापन

यस अघि गत चैत्र २५ मा यात्रुवाहक सवारीमा १६ दशमलव ७१ प्रतिशत र मालवाहक सवारीमा क्षेत्रअनुसार २१ दशमलव ६८ प्रतिशतसम्म भाडा बढाएको थियो । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आजैदेखि लागु हुने विभागले जनाएको छ ।

यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनमा भएको यो ३० दशमलव ४१ प्रतिशतको वृद्धिलाई नै भाडा बढाउनुपर्ने मुख्य आधार मानिएको छ । यो नयाँ निर्णयसँगै लामो दूरीका यात्रु तथा व्यवसायीहरू प्रत्यक्ष प्रभावित हुने देखिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

पाँच अध्यादेश ल्याउँदै सरकार,राष्ट्रपति परामर्शमै

सरकारले दुई सातामै दोश्रो पटक बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारी कोही राजीनामा दिँदै,केही बिदा बस्दै

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

सेटिङका मास्टर सचिव सिग्देल : अकुत सम्पत्ति, ओम अस्पताल र सरकारी जग्गा विवादमा घेराबन्दी

बिशेष