कर्मचारी कोही राजीनामा दिँदै,केही बिदा बस्दै

पछिल्लो समय निजामती सेवामा राजीनामा दिनेको लर्को लागेको छ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बीचमै राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ ।

बिज्ञापन

नयाँ सरकार बने यता यो क्रमले तिव्रता पाएको छ । रास्वपाको सरकार बनेको महिना दिनमै ६ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा अर्काे कर्मचारी पनि थपिएका छन् । पछिल्लो विवरण अनुसार,राजीनामा दिनेमा भोजबहादुर एडी पनि थपिएका छन् । उनले दिएको राजीनामा समेत स्वीकृतिकै प्रक्रियामा रहेको सामान्य प्रशासनले जनाएको छ ।

बिज्ञापन

यस अघि गृहका उपसचिव भीम कोइरालाले राजिनामा दिएका छन् । गृह मन्त्रालयले हालैमात्र उनको सरुवा डोल्पाका प्रमुख जिल्ला अधिकारीबाट पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेकोमा प्रमुख जिल्ला अधिकारीबाट झरेर सहायक प्रमुख जिल्ला अधिकारी खान नगई उनले राजीनामा दिएका छन् ।  यस्तै,सामान्य प्रशासनमा यो बीचमा चार जना शाखा अधिकृतहरुले राजीनामा दिएका छन्,मन्त्रालयका अनुसार शाखा अधिकृत गणेश घिमिरे र चुणामणि केसीले राजीनामा दिएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको थियो । यस्तै हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत जिम्मेवारीमा रहेका केसीलाई सामान्य प्रशासन मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका खटाएको थियो गत १९ मा ।उनको राजीनामा स्वीकृत भइसकेको जनाइएको छ ।

यस अघि अवकाशको मुखमा रहेका दुई अधिकृतहरुले पनि खटाएको ठाउँमा नगइ राजीनामा दिएका छन् । मन्त्रालयले दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएको जनाएको छ । दुवै अधिकृतले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। दुवै अधिकृतको राजीनामा मन्त्रालयमा बुझाएको भए पनि सो राजीनामा स्वीकृत नहुँदै थप दुई अधिकृतले राजीनामा दिएका थिए । जसमा बढुवाका मुखमा रहेका शाखा अधिकृतहरुको राजीनामा पेण्डिङमै रहेको बताइएको छ ।

बिज्ञापन

यसैबीच सरकारले लामो समयदेखि सिंहदरबार नछाड्ने कर्मचारीहरुको सूची तयार पारेर उनीहरुलाई प्रदेश र स्थानीय तह खटाउने तयारी गरिरहेको समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक सहसचिवले लामो समय घर विदा स्वीकृत गराएको बुझिएको छ । उनी चार बर्षदेखि लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिइन ।पछिल्लो समय लामो समयदेखि सिंहदरबार र उपत्याकाको आकर्षक कार्यालयमा कार्यरत कर्मचारीहरु निकाल्ने प्रक्रिया अगाडि बढाइएसँगै केही उच्च प्रशासकहरुले लामो घर विदा स्वीकृत गराएर बस्न थालेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बिशेष