अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

जेन्जी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै सरकारले ल्याएको अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ।

बिज्ञापन

मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति भवन शीतल निवासलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। संसद् सक्रिय रहेको अवस्थामा अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास लोकतान्त्रिक प्रक्रियाको मर्मविपरीत हुने मुभमेन्टको धारणा छ।

बिज्ञापन

पत्रमा अध्यादेशलाई आपतकालीन अवस्थाका लागि मात्र प्रयोग गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै यसलाई नियमित शासन सञ्चालनको विकल्पका रूपमा प्रयोग गर्न नहुने बताइएको छ। “अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन। संसद् सक्रिय रहँदा कार्यपालिकाले विधायिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुन्छ,” पत्रमा भनिएको छ।

मुभमेन्टले संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामार्फत न्यायपालिकालाई प्रभावित पार्ने सम्भावनाप्रति समेत गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्थामा राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरी पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनुपर्ने माग उनीहरूले गरेका छन्।

बिज्ञापन

संस्थागत सन्तुलन कायम राख्न र लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास जोगाउन राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने भन्दै मुभमेन्टले संवैधानिक मर्यादा अनुसार निर्णय लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष