अर्थका दुई शक्तिशाली विभाग महानिर्देशकविहीन, भन्सारमा पनि नेतृत्व परिवर्तनको संकेत

अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्वपूर्ण तथा शक्तिशाली विभाग अहिले महानिर्देशकविहीन बनेका छन्। आन्तरिक राजश्व विभाग र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक बाहिरिएपछि दुवै विभाग नेतृत्वविहीन अवस्थामा पुगेका हुन्।

बिज्ञापन

आन्तरिक राजश्व विभागको नेतृत्व सम्हाल्दै आएका मदन दाहाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। यस्तै सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ। उनी मन्त्रालयमा तानिएसँगै सम्पत्ति शुद्धीकरण विभाग पनि महानिर्देशकविहीन बनेको छ।अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरलाई विभागबाट मन्त्रालयमा तानेर जिम्मेवारीविहीन अवस्थामा राखिएको छ। ठाकुरको नाम बिचौलिया दीपक भट्टसँग जोडिएपछि उनलाई मन्त्रालय तानिएको स्रोतको दाबी छ।

बिज्ञापन

यसैबीच अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागका महानिर्देशक समेत ‘रेड जोन’मा परेको मन्त्रालय स्रोतले जनाएको छ। नेतृत्व परिवर्तनको तयारी भइरहेको संकेत स्रोतले दिएको छ।
यसैबीच मन्त्रालयले मातहतका चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। हालै दुई सहसचिव प्रदेशमा खटाइएका र एक सहसचिव अनिवार्य अवकाशमा गएपछि मन्त्रालयले आन्तरिक रूपमा जिम्मेवारी पुनःविन्यास गरेको हो।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त महाशाखा यसअघि सहसचिव थानप्रसाद पज्ञानीले सम्हाल्दै आएका थिए। पज्ञानी अनिवार्य अवकाशमा गएपछि सो जिम्मेवारी पाण्डेलाई दिइएको हो।

बिज्ञापन

यस्तै भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साललाई छोटो समयमै मन्त्रालयमा तानेर यसअघि पाण्डेले सम्हाल्दै आएको शाखाको जिम्मेवारी दिइएको छ। अब अर्थ मन्त्रालयका प्रवक्ताको जिम्मेवारी समेत लम्सालले सम्हाल्नेछन्।

त्यसैगरी अमृत लम्सालको स्थानमा टंक लम्साललाई भन्सार विभागमा खटाइएको मन्त्रालयले जनाएको छ।अर्थ मन्त्रालयमा पछिल्ला दिनमा सहसचिव तहमा जिम्मेवारी फेरबदलसँगै महत्वपूर्ण विभागहरूको नेतृत्वसमेत परिवर्तनको प्रक्रियामा रहेको देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष