सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

नयाँ सरकार बनेसँगै कर्मचारी सरुवामा हुने वेथिती अन्त्य होला र एउटा सिष्टम बस्ला भन्ने आम कर्मचारीहरुको अपेक्षा थियो तर हालै गरिएको सहसचिवको सरुवाले यस्तो आशालाई निराशामा बदलिदिएको छ ।यस पटक सिष्टममा कर्मचारीहरुको सरुवा होला भनेर नयाँ सरकारबाट आशा र भरोसा गरेका सहसचिवहरु हालै निस्किएको सरुवा सूचीसँगै भरङ्ग भएका छन् ।

बिज्ञापन

विकृती कस्तोसम्म देखिएको छ भने,हाइप्रोफाइल अड्डामा बस्न नपाए छटपटीमा परिहाल्ने प्रधानमन्त्रीको सचिवालय, मन्त्री,मुख्यसचिव, सचिवदेखि सल्लाहकारसम्म मिलाउने क्षमता भएका खेलाडी सहसचिवलाई आजसम्म कहिल्यै प्रदेश झर्नु परेको छैन तर पावर, पहुँच र चाकडी नजान्ने निमुखा सहसचिवलाई जागिरे जीवनमै दुई पटक प्रदेशतिर लखेटिएको पाइएको छ ।सरुवामा कि त एउटा स्पष्ट मापदण्ड बनाइनु पर्दछ,अनुहार हेरेर सरुवा गर्ने हो भने कसरी सुध्रन्छ,हाम्रो प्रशासन ? एक सचिवले पीडा पोख्दै भने ।  वैदेशिक अध्ययन र भ्रमण पनि तिनैलाई,सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानुनपर्ने,खटिए पनि ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जान पाउने भाग्यमानी पनि उनै । तर केही सहसचिवका नियति जागिरे जीवनमा दुई तीन पटक प्रदेशबाट प्रदेशतिर खटाइने,प्रदेशबाटै प्रदेशतिरै घुमाइने विगतको  विकृतीलाई मलजल गर्ने काम भइरहेको छ,पछिल्लो सहसचिवको सरुवामा ।

बिज्ञापन

पहुँचवाला सहसचिवलाई कहिल्यै प्रदेश झर्नुपरेको छैन । उनीहरू सधैं सिंहदरबारमा आसपास बसेर जागिर खाइरहेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रदेश खटाइएका कतिपय सहसचिव एक पटक पनि त्यता नगई सरुवा उल्टाएर बस्नेहरु पनि छन् ।यसरी जागिरे जीवनमा कहिल्यै प्रदेश नझर्ने सहसचिवहरुमा अधिकांश गृह,अर्थ र अख्तियारतिर बस्नेहरुको बोलबोला रहेको भेट्टाइएको छ ।

सिंहदरबारै घुमेर जागिर खान पाउने भाग्यमानी प्रशासकमा रुपमा चिनिन्छन्, श्रवण कुमार तिमिल्सिना । मधु मरासिनीका भाई शम्भु,शंकरहरि अर्याल,शिवादेवी दाहालहरु,जो कहिल्यै प्रदेश झरेर काम गर्नु परेको छैन । यस्तै भन्सार विभागका उपमहानिर्देशक भरतमणि पाण्डे,धर्मेन्द्र कुमार मिश्र,खगेन्द्र रिजाल,सुनिता नेपाल,बुद्ध बहादुर गुरुङ्ग,अर्जुन भट्टराईसम्मका सहसचिवहरु कहिल्यै प्रदेश नओर्लिकन संघमै सेवा गर्ने मौका पाएका छन् । यस्तो विवरण खोज्ने हो भने हाल रमेश अर्याल आन्तरिक राजश्व विभागका उपमहानिर्देशक रहेका रमेश अर्याल,राजश्व अनुसन्धान विभागमा रहेका तीर्थराज चिलुवाल,अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी,पर्साको प्रमुख जिल्ला अधिकारी रहेका भोला दाहाल,ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेकी रेखा दास कहिल्यै प्रदेश झरेर काम गर्नु परेको छैन ।
यस्तै,कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी रहेका मदन कोइराला,गोर्खाको प्रमुख जिल्ला अधिकारी रहेका तुल्सी श्रेष्ठ,झापा जिल्ला कमाण्ड गरिरहेका गोपाल अधिकारी,लेखा समूहबाट प्रशासनतिर फड्को मारेर सदावहार सिडियो बनिरहने सौभाग्य पाएका वासुदेव घिमिरे,हाल अख्तियार बर्दिबास कार्यालयमा रहेका रामबहादुर कुरुवाङले पनि कहिल्यै प्रदेश बसेर काम गर्नु परेको छैन ।यस्तै सचिव बढुवाका लाइनमा रहेकी आभा श्रेष्ठ,गृहको सदाबहार प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाइरहने रुद्रादेवी शर्माहरुलाई भने आजसम्म प्रदेशमा बस्नु परेको छैन ।
यस्तो सूची खोज्दै जाने हो भने मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल,हाल त्रिभुवन विमानस्थल हाँकिरहेका नरहरि घिमिरे,कारागार विभागका महानिर्देशको भूमिकामा रहेका शशीधर घिमिरेहरु सहसचिव बढुवा भए यता प्रदेशमा बसेर काम गर्नु परेको छैन । यस्तै पञ्जिकरण विभाग हाकिरहेका नमराज घिमिरे पनि आजसम्म प्रदेशमा काम गरेका छैनन् । हाल गृहका प्रवक्ता रहेका आनन्द काफ्लेको नाम पनि यो सूचीमा आउँछ । यस्तै अहिले चितवन जिल्ला प्रशासन कमाण्ड गरिरहेका गणेश अर्याल पनि कहिल्यै प्रदेश बसेर काम गर्नु परेको छैन ।

बिज्ञापन

यसरी कहिल्यै प्रदेश नओर्लिएका सहसचिवको सूची चार दर्जनभन्दा माथि रहेको छ । जो सिनियर सहसचिव हुन । सरकारले यस अघि सहसचिवहरुको सरुवा गर्दा सुरुमा बरिष्ठताको आधारमा सरुवा गर्ने भनियो । केही महिना अगाडि ३१ जना सहसचिवहरुको पोष्टिङ गरिँदा बरिष्ठताका आधारमा सिनियर सहसचिवलाई प्रदेश पठाउने भनियो । सो समयमा २४ बढुवा र आन्तरिक प्रतिष्प्रर्धाबाट आएका ७ जना सहसचिवलाई संघीय कार्यालयमा पदस्थापन गरियो ।

तर अहिले ७६/ ७७ सालका सहसचिवहरु जो कहिल्यै प्रदेश बसेका छैनन् । तिनलाई चलाइएको छैन र ७९ सालका सहसचिवहरु प्रदेशतिर खटाइएको छ । हालैमात्र २५ सहसचिवको सरुवा गर्दा यस अघि नौं महिना प्रदेश बसेर आइसकेको सहसचिवलाई फेरि प्रदेश खटाइएको घटनाले सरुवा सिष्टम हेरेर होइन अनुहार हेरेर गरिएको भन्दै कर्मचारीहरुले असन्तृष्टि  व्यक्त गरेका छन् । उसो त यस पटक महिला मन्त्री र महिला सचिव छन्,सामान्य प्रशासन कमाण्ड गरिरहेका । तिनै महिला मन्त्री र महिला सचिवहरुले कतिपय महिला सहसचिवलाई विना कारण प्रदेशतिर खटाएका छन् ।  २५ सहसचिव सरुवा हुँदा ६ जना महिलालाई प्रदेश खटाइएको छ । ‘यसरी सरुवा गरिँदा गल्ती गरेको हो भने यो यो गल्ती गरेऊ र तिमीहरुलाई प्रदेश खटाइएको भनेर पनि भनिएको छैन । यो क्राइटएरियाका कारण तिमीहरुलाई प्रदेश खटाइएको हो भनेर समेत सरकारले स्पष्ट पार्न’ नसकेको ती कर्मचारीहरुको गुनासो छ ।

यही सरुवाको सूचीमा दीपक भट्टसँग जोडिएको भन्दै आलोचना भइरहेका र छानबिन समेत भइरहेका अर्थका तीन जना सहसचिवहरुलाई प्रदेशतिर खटाइएको छ । कार्यसम्पादनमा प्रश्न उठेका कर्मचारीलाई जिम्मेवारविहिन बनाएर अनुसन्धान गर्ने कि प्रदेशतिर सरुवा गरेर जोगाउने ? यो प्रश्न पनि कर्मचारीभित्रैबाट उठाइन थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

बिशेष