बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

बालेन नेतृत्वको सरकार बनेको आज महिना दिन पूरा भएको छ । यो अवधिमा प्रहरी र निजामती कर्मचारी गरी १० जना घुससहित पक्राउ परेका छन्,यस्तैमा अर्काे थपिएका छन्,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री । जसलाई शनिवार अख्तियारबाट खटिएको टोलीले ५० हजार रुपैयाँ रंगेहात नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा हिजो नियन्त्रणमा लिएको आयोगले जनाएको छ । वालेन प्रधानमन्त्री बने यताका उनी घुससहित रंगेहात पक्राउ परेका १० औं नम्बरका कर्मचारी हुन ।

बिज्ञापन

 अख्तियारले हिजोमात्र भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुई लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । जग्गा सरजमिन गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेपछि उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यस्तै,गत चैत्र २७ मा वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै पक्राउ परे । अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएका थिए । मुख्य सचिवको परिपत्र अनुसार कार्यालय प्रमुखलाई कारवाहीको पहिलो भागिदार बनाउने हो भने मीरा आचार्य पहिलो भागिदार हुनेछिन् ।

बिज्ञापन

यही अवधिमा सुब्बा निरज परियार,नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियारका अनुसार,दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेका थिए । सोही सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले एक लाख ४० हजार घुस रकमसहित कंकालिनी नगरपालिका १ बाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ आयोगले ।

यस्तै,सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठ लगायतले सेवाग्राहीसँग ८५ हजार घुस तथा रिसवत लिइसकेको टंगालबाट खटिई गएको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट र आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठलाई धनकुटा र भोजपुरबाट पक्राउ गरेर अख्तियारले अनुसन्धान प्रक्रिया चलिरहेको जनाएको छ ।

बिज्ञापन

यस्का अलवा सिंहदरबारको मुखै अगाडिबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको अनुगमन तथा निरीक्षण शाखाका प्राविधिक सहायक सञ्जय चौधरी ३० हजार रूपैयाँ घुससहित विभागकै परिसरबाट पक्राउ परेका छन् । उद्योग नवीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई चैत १६ गते रंगेहात पक्राउ गरेको थियो । मुख्य सचिवको परिपत्र अनुसार कारवाही हुने हो भने त्यहाँका कार्यालय प्रमुख तथा रैथाने सहसचिव मतिना वैद्य पहिलो कारवाहीको भागिदार हुनेछिन् । यस्तै यही अवधिमा रौतहट जिल्ला अदालत, गौरका डिठ्ठा लवकुमार सिंह ५० हजार रूपैयाँ घुससहित पक्राउ परे । अदालतको फैसलाबमोजिम जग्गाको दाखिला खारेज र फुकुवा गरिदिएबापत उनले घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई गत चैत १७ गते पक्राउ गरेको थियो ।

अख्तियारले सशस्त्र प्रहरी बल सुरक्षा बेस नक्टाझिज, धनुषाका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी ४० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । कमला–ढल्केवर–बाग्मती सडक निर्माणका क्रममा माटो र ग्राभेल भर्ने गाडीलाई रोकेर दुःख दिई उनले उक्त रकम असुलेका थिए । अख्तियारको टोलीले उनलाई गत चैत २० गते पक्राउ गरेको थियो । प्रहरी वृत्त मालीगाउँ, काठमाडौंका प्रहरी नायव निरीक्षक दिनेश राउत पनि २० हजार रूपैयाँ घुससहित यही बीचमा गहनापोखरीबाट पक्राउ परे ।

मुख्य सचिवको परिपत्रको मसी नसुक्दै नासु,इन्जिनियर,सब इन्जिनियर,लेखा अधिकृतसहित १० जना कर्मचारीहरुलाई अख्तियारले रंगेहात समाएको छ । अब यस्तो मुख्यसचिवले परिपत्रमा उल्लेख गरिए अनुसार कार्यालय प्रमुखलाई प्रथम जिम्मेवारी बनाएर कारवाहीको डण्डा बर्साउन सकिन्छ ? वा सकिँदैन ? त्यसो गर्दा प्रशासन संयन्त्रमा के सन्देश जान्छ ? प्रधानमन्त्री कार्यालयले भने कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने उदेश्यले परिपत्र गरिएको उल्लेख गर्दै आवश्यकता हेरेर कार्यालय प्रमुखहरुलाई विभागीय कारबाही समेत हुन सक्ने चेतावनी दिएको छ । तर कानुनका जानकारहरु एउटाले गरेको गल्तीमा अर्को कार्यालय प्रमुखलाई कारवाहीको भागीदार बनाउन नमिल्ने जिकिर गर्दछन् ।

मुख्यसचिव सुमनराज अर्यालले गत चैत १९ गते सबै मन्त्रालय, आयोग, कार्यालयलाई परिपत्र गर्दै उक्त कुरा उल्लेख गरेका थिए । सो परिपत्रको मसि नसुक्दै १० कर्मचारी घुससहित पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष