सशस्त्र प्रहरी बल नेपालमा नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) सिफारिस भएका छन्।
बिज्ञापन
गृह मन्त्रालयका सचिवको नेतृत्वमा शुक्रबार बसेको सशस्त्र प्रहरी बढुवा समितिको बैठकले डीआईजी पदका लागि नामावली सार्वजनिक गरेको हो। समितिले कार्यसम्पादन, वरिष्ठता र सेवा अनुभवका आधारमा बढुवा सिफारिस गरेको जनाइएको छ।
प्रकाशित सिफारिस सूचीअनुसार दिगविजय सुवेदी पहिलो नम्बरमा परेका छन्। त्यस्तै किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की पनि डीआईजी पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको निर्णयसँगै अब सम्बन्धित प्रक्रिया पूरा भएपछि उनीहरूलाई औपचारिक रूपमा नायब महानिरीक्षक पदमा पदस्थापन गर्ने प्रक्रिया अघि बढ्नेछ।
सशस्त्र प्रहरी बलमा रिक्त रहेका डीआईजी पदहरू पूर्ति गर्न यो सिफारिस गरिएको बताइएको छ। साथै बढुवा सिफारिसमाथि तोकिएको समयभित्र उजुरी परे वा नपरेका आधारमा अन्तिम निर्णय हुने व्यवस्था रहेको छ।






























