अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

सरकारले निजामती कर्मचारीलाई राजनीतिक दलसँग आबद्ध हुन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा यस्तो प्रावधान राखिएको हो ।

बिज्ञापन

राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकासका लागि आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसद्ले यो ऐन बनाइएको मस्यौदामा सात दिनको समय दिएर सुझाव मागिएको छ ।
सोही विद्येयकको मस्यौदामा यस्तो प्रावधान राखिएको छ,दफा ४८ भनिएको छ राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने ।
यो मस्यौदाले कर्मचारीको दलीय आबद्धतालाई कस्नेदेखि सचिवको पदावधि घटाउनेसम्मको प्रस्ताव गरेको छ ।

बिज्ञापन

निजामती संगठनमा दलीय ट्रेड युनियन राख्ने कि नराख्ने भन्ने बहस चलिरहँदा सरकारले त्यसलाई झनै कसिलो पारेर दलीय आबद्धता देखिए मात्र पनि बर्खास्त गर्नेसम्मका व्यवस्था विधेयकको मस्यौदामा प्रस्ताव गरिएको हो ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष