मालपोत कार्यालय भक्तपुरबाट ११ जना पक्राउ

भक्तपुर । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर, कमलविनायक परिसरभित्र बिचौलियाको रूपमा सक्रिय रहेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। कार्यालयभित्रै प्रवेश गरेर सेवासम्बन्धी काममा संलग्न रहेको अवस्थामा उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कार्यालयभित्र लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा प्रवेश गरी सेवा प्रवाहमा अवरोध पुर्‍याइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा कार्यालयभित्रका विभिन्न कोठामा पुगेर काम गरिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी शुभेश अधिकारीका अनुसार भक्तपुर नगरपालिका–१० स्थित मालपोत कार्यालयभित्रबाट उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सरकारी कार्यालयभित्र सेवाग्राहीबाहेक अन्य व्यक्तिहरू प्रवेश गरेर काम गरिरहेको पाइएपछि कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।

यस घटनाअघि मंगलबार मात्रै मालपोत कार्यालयले सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको सूचना जारी गरेको थियो। सो सूचनाअनुसार सेवाग्राहीले मात्रै कार्यालयभित्र प्रवेश पाउने व्यवस्था गरिएको थियो। यसअघि भने परिचयपत्र भएका लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिने व्यवस्था रहेको थियो।

बिज्ञापन

तर जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीबाहेक अन्यलाई प्रवेश नदिन निर्देशन आएपछि मालपोत कार्यालयले प्रवेशद्वारमै सूचना टाँसेर सेवाग्राही मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गरेको थियो।
सूचना लागू भएको भोलिपल्टै बुधबार दिउँसो सुरुआतमा सिभिल प्रहरीमार्फत चेकजाँच गरिएको थियो। त्यसक्रममा सेवाग्राही नभएका व्यक्तिहरू कार्यालयभित्र भेटिएपछि नेपाल प्रहरीको टोली बोलाइएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखी लगिएको थियो।

पक्राउ प्रक्रिया सुरु भएसँगै कार्यालय परिसरमा तनावको अवस्था सिर्जना भएको थियो। विशेषगरी लेखापढी व्यवसायीहरूले पक्राउको विरोध गर्दै प्रहरीको गाडी रोक्ने प्रयास गरेका थिए। तर प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूलाई गाडीमार्फत लैजान सफल भएको थियो।

पक्राउप्रति असन्तुष्टि जनाउँदै लेखापढी व्यवसायीहरूले मालपोत कार्यालयको मुख्य गेट अगाडि विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले आफ्नो सेवा नै बन्द गर्ने चेतावनी दिँदै कार्यालयहरू बन्द गरेका थिए। साथै कार्यालयले टाँसेको सूचना समेत च्यातेर विरोध जनाएका थिए।

यस घटनापछि मालपोत कार्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको छ भने पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली सरकारको निर्णय बालेन सरकारले उल्टायो

बालेन सरकार बनेको महिना दिनमै लियो ५७ अर्ब वैदेशिक ऋण, कुन परियोजनामा कति ?

सिंहदरबारबाट निकालिँदै दुई हजार रैथाने कर्मचारी

ई- हाजिरी कडाईका साथ कार्यान्वयन गर्न मन्त्रालयको परिपत्र

मालपोत कार्यालय भक्तपुरबाट ११ जना पक्राउ

मन्त्रिपरिषद् बैठक बस्दै

सशस्त्र प्रहरीमा नयाँ नेतृत्वको तयारी : अर्यालको अवकाशपछि एआईजी पौडेललाई महानिरीक्षक बनाउने सरकारको तयारी

सहसचिव दाहाल, जहाँ बस्यो त्यही कमाल

बिशेष