एकै पटक पाँच सचिव रिक्त,बढुवा अनिश्चित हुँदा मारमा बरिष्ठ सहसचिवहरु

एकै पटक पाँच सचिव पद रिक्त हुन पुगेको छ । आजैदेखि सचिव रामआधार साह अनिवार्य अवकाशमा गएसँगै रिक्त सचिवको संख्या पाँच पुगेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामआधार साह ५८ वर्ष पूरा भएर आजबाट अनिवार्य अवकाशमा गएका हुन । २०७९ मंसिरमा सचिवमा बढुवा भएका उनी यो अवधिमा खानेपानी मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र,हुँदै शिक्षा विज्ञान प्रविधि मन्त्रालयबाट अवकाशमा गएका हुन ।

बिज्ञापन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गए पनि पदपूर्ति हुन सकेको छैन । यस्तै गत ९ चैत्रमा मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र चैत्र १३ मा दिपक खराल अनिवार्य अवकाशमा गएसँगै सो पद पनि रिक्त रहेको छ । यस अघि नै चार सचिव पद रिक्त रहेकोमा सचिव रामआधर साह आगामी वैशाख ९ गते अनिवार्य अवकाश जाँदैछन्। यसरी पाँच सचिव पद रिक्त हुन पुगेको हो । नेपाल सरकारले सचिव स्तरमा ७१ दरबन्दी कायम गरेको छ । त्यसमध्य अहिले ६६ सचिव मात्रै छन् ।
सचिव बढुवा हुने लाइनमा बरिष्ठ सहसचिवहरु बैकुण्ठ अर्याल,कृष्ण प्र काप्री, राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा,जयनारायण आचार्य, रूद्रमान सिंह तामाङ लगायत रहेका छन् । यस्तै प्राविधिकतर्फ बुद्धिसागर लामिछाने भ्रष्टाचार मुद्धा लागेसँगै उर्जा मन्त्रालयका नवीनराज सिंह, सञ्जीव कुमार देव प्राविधिकतर्फबाट सचिव बन्ने प्रतिष्प्रर्धामा रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष