संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न परिपत्र गरेको छ ।
मन्त्रालयको सचिव चन्द्रकला पौडेलले सबै मन्त्रालय,सचिवालय र विभागहरुलाई परिपत्र गर्दै कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न परिपत्र गरेकी हुन ।
नेपाल सरकारको मन्त्रिपरिषद्को गत चैत्र १३ गते बसेको बैठकबाट स्वीकृत एक सय एक एक कार्यसूचीहरुको बारेमा सम्झाउँदै सचिव पौडेलले सोही कार्यसूचीमध्ये सामान्य प्रशासन मन्त्रालयसँग समेत सम्बन्धित बुँदा नं १३ विद्यमान अष्टावार विलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरुको सुधार गर्दै कर्मचारीतन्वलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्ने बिषय उल्लेख रहेको जनाउँदै सचिव पौडेलद्धारा जारी परिपत्रमा कर्मचारीहरुले व्यवसायिक मर्यादा निष्पक्ष तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने उल्लेख गरेकी छिन् ।
बिज्ञापन
उनले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५०, निजामती सेवाका कर्मचारीको आवरण सम्वन्धी नियमावली २०६५ र अन्य प्रचलित कानून बमोजिम स्वीकृत भएका आचारसंहिताहरु भएमा सो समेतको पूर्ण रुपमा पालना गर्ने तथा गराउन र नियमित अनुगमन गर्ने व्यवस्था गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई भनिएको छ ।






























