सरकारी कार्यालयका फोन नउठ्ने र वेबसाइट अपडेट नहुने गुनासोपछि प्रधानमन्त्री कार्यालयको कडा निर्देशन

काठमाडौं । सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने तथा सरकारी कार्यालयका टेलिफोन र मोबाइल फोन नउठ्ने गुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै सरकारी निकायलाई कडा निर्देशन दिएको छ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारले पत्र संख्याः २०८२/८३ तथा च.नं. प्र.शा./३११/३९११ मार्फत संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई विवरण अद्यावधिक गर्न तथा नागरिकका गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो।
प्रधानमन्त्री कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै सार्वजनिक निकायको वेबसाइटमा कर्मचारीहरूको विवरण अद्यावधिक गर्न भनेको छ।

बिज्ञापन

पत्रमा सम्बन्धित निकायमा कार्यरत कर्मचारीहरूको नाम, मोबाइल नम्बर तथा इमेल ठेगाना तत्काल वेबसाइटमा अद्यावधिक गर्न भनिएको छ। साथै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तीमा कार्यालय समयभित्र अनिवार्य रूपमा उठाउनुपर्ने व्यवस्था सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
नागरिक तथा सेवाग्राहीले सूचना माग्दा वा गुनासो राख्दा त्यसलाई तत्काल सम्बोधन गर्ने तथा आवश्यक परे सम्बन्धित निकायमार्फत समाधान गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सरकारी कार्यालयसँग सम्पर्क हुन नसक्ने, फोन नउठ्ने र वेबसाइटमा विवरण पुरानो रहने जस्ता समस्या बढ्दै गएका कारण नागरिकले सेवा लिन कठिनाइ भोगिरहेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज, पारदर्शी र उत्तरदायी बनाउन सरकारी निकायहरूको सूचना प्रणाली अद्यावधिक तथा सेवाग्राहीसँगको सम्पर्क प्रणाली प्रभावकारी बनाउन जोड दिएको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष