दिपक भट्टका हित अनुसार काम गर्दै आएका आधा दर्जन उच्च प्रशासकहरु सम्पत्ति शुद्धीकरणको राडारमा परेका छन् ।
बिज्ञापन
भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्। ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक तथा बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप खेप्दै आएका उनी अहिले प्रहरी हिरासतमा छन् । भट्ट चैत १९ मा पक्राउ परेका हुन । इन्फिनिटी होल्डिङ्सका प्रमुख भट्ट र नेपाली प्रशासनिक क्षेत्रका उच्च प्रशासकहरुबीचको आर्थिक कारोबार शंकास्पद देखिएको भन्दै ती अधिकारीहरु अनुसन्धानको राडारमा तानिएका हुन ।
बिचौलिया दीपक भट्टमाथि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धानको राडारमा तानिने भएसँगै उद्यमी शेखर गोल्छाले पदबाटै राजीनामा दिएका थिए । यस्तै,धितोपत्र वोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । यही प्रकरणमा हुन लागेको
दोस्रो चरणमा हुने छानबिन प्रयोजनार्थ झण्डै आधा दर्जन उच्च तहका कर्मचारीउपर अनुसन्धानको राडरमा तानिएका छन् । बिचौलिया दीपक भट्ट र उनका अंशियार तथा व्यापारिक साझेदार शंकर ग्रुपका शुलभ अग्रवालका बाबुछोरालाई अनियमित कारोबारमा वर्षौंदेखि प्रशासनिक सहयोग गर्दै आएका केही पूर्व सचिव, केही बहालरत सचिव, सहसचिव अनुसन्धानको राडारमा परेका हुन ।
स्रोतका अनुसार,हाल अर्थ मन्त्रालय मातहतका विभागका महानिर्देशक रहेका केही उपर बयान लिने तयारी भइरहेको छ । पहिलो चरणमा ‘म’ बाट नाम शुरु हुने तीन जना उच्च तहका कर्मचारीहरु अनुसन्धानको राडरमा तानिएका छन् । यसबीच केहीसँग बयान लिइसकेको बुझिएको छ । भोलि नै मुद्दा लैजाने तयारी छ । यो प्रकरणमा तत्कालीन सचिव,बहालवाला ६ जना सहसचिवहरु राडारमा तानिएको छन् । यस्तै,काठमाण्डौ महानगरको प्रमुख कार्यकारी रहिसकेका र उध्योग मन्त्रालय सम्बध्द राजेश्वर ज्ञवालीलगायतलाई पनि भट्टसँगको कनेक्सनमा जोडिएको छ । उनी हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्धिपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख छन् । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेदेखि आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालसम्म सम्पत्ति शुद्धीकरणको ‘राडार’मा परेको पाइन्छ।
































