मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

बिज्ञापन

आयोगका अनुसार खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा निगरानी राखिएको थियो। सोही क्रममा उनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।

बिज्ञापन

पक्राउ गर्दा उनको साथबाट घुसबापत लिएको दुई लाख रुपैयाँसहित स्रोत नखुलेको तीन लाख ५० हजार रुपैयाँ तथा एउटा मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ।उनीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ बाट आज नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुससहित पक्राउ

बेत्रावतीमा ट्राफिकको ‘असुली’ : प्रतिदिन सयौँ सवारीबाट अवैध रकम उठाइँदै

सचिवज्यू,यही हो त सुशासन ?

यही बर्ष अनिवार्य अवकाशमा जाँदैछन् २२ जना सचिवहरु

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

विश्वब्यापी इन्धन संकट र नेपालको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

बिशेष