सचिवज्यू,यही हो त सुशासन ?

   अहिले कर्मचारी प्रशासन सुधारका ठूल्ठूला बहसहरु भइरहेका छन् । नेपोटिजमकै कारण हालैमात्र बहालवाला मन्त्रीले पदबाटै हात धुनुपरेको समयमा मुख्यसचिव सुमनराज अर्यालसमेत जोडिने गरी उनका नातेदारलाई संघीय मामिला तथा सामान्य प्रशासनमा लगिएको घटना सार्वजनिक भएको छ ।

बिज्ञापन

लाइन मिनिष्ट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासनमै कतिसम्म विकृती छ भने लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,केही जिम्मेवारी नपाइ मन्त्रालयको अतिरिक्त समूहमा थन्काइने तर हाकिमहरुका जोडबलमा नियुक्ति दिएइका करारका कर्मचारीहरुको उल्टै हैकम चलिरहेको छ,त्यहाँ ।

बिज्ञापन

लोकसेवा भिडेर स्थायी नियुक्ति पाएका राप अन प्रथम श्रेणी (कम्युटर अपरेटर)को हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यस्तो विकृती देखिएको हो । स्थायी कर्मचारीलाई बाहिर घुमेका घुम्यै छन् तर त्यहाँ समेत चार जना करार सेवाका कर्मचारीको रजगज चलिरहेको छ ।

स्रोतका अनुसार,सो मन्त्रालयमा यस अघि १० जना कम्युटर अपरेटरहरुको दरबन्दी राखिएको थियो । ओएनएम सर्भे गरेर यो दरबन्दी संख्या आठमा झारिएको छ । जसमा चार जना करारकै कम्युटर अपरेटरहरुको रजगज छ । सो मन्त्रालयमा सचिवको सचिवालय,योजना,विकास सहायता। स्थानीय प्रशासनतर्फ एक एक जना करारका कम्युटर अपरेटरहरु विगत लामो समयदेखि कार्यरत रहेका छन् । सोही मन्त्रालयमा लोकसेवा भिडेर स्थायी नियुक्ति लिएका केही कम्युटर अपरेटर लामो समयसम्म फाजिलमा राखिएको थियो ।
तिनैमध्येका एक जनालाई हालैमात्र महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ । ती कम्युटर अपरेटरहरुलाई महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरेर त्यहाँ मुख्यसचिव सुमन अर्यालका भाइ नातेदार पर्ने कर्मचारीलाई सामान्यमा खटाइएको भेटिएको छ ।

बिज्ञापन

स्थायी नियुक्ति पाएका कर्मचारीहरुलाई अन्यन्त्र मन्त्रालय मन्त्रालय हुँदै जिल्ला जिल्लामा घुमाउने तर करार सेवाका कर्मचारीलाई मन्त्रालयमै जोगाएर राख्ने क्रम विगतदेखि नै चल्दै आएको छ,संघीय मन्त्रालयमा । सरकारले सार्वजनिक खर्च कटौती गर्ने भनिए पनि संघीय मन्त्रालयमा ४ जना करारका कम्युटर अपरेटरहरु कार्यरत छन्,उनीहरु बर्षौदेखि मन्त्रालयमा रहेर काम गर्दै आएका छन् । मन्त्री,सचिवदेखि उच्च पदस्थहरुका आडमा करारमा कार्यरत रहेका कम्युटर अपरेटरहरुको जागिर बचाउने खेलो मेलो राम्रै चलेको छ,नयाँ सरकार आउँदासम्म फेरिएको छैन । अहिले पनि संघीय मामिलामा ४ जना करारका कम्युटर अपरेटरहरु कार्यरत छन् ।

यस्तै गृहमा एक महिला कर्मचारीलाई हर्ताकर्ता नै बनाएर राखिएको छ,लामो समयदेखि । शिक्षा,शहरी,उद्योग, श्रम,निर्वाचन आयोग,कानुनदेखि भौतिक मन्त्रालय,काठमाडौं जिल्ला प्रशासनसम्म करारकै कम्युटर अपरेटरहरु छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

“१५–१५ दिनमा तलब” निर्णय विवादमा: कर्मचारी वृत्तबाटै तीव्र आलोचना

निजामती सेवा विधेयकको मस्यौदा लेखनमा सरकार : ३० वर्षे सेवाअवधि र कुलिङ पिरियड राख्नेदेखि ट्रेड युनियन खारेजीसम्मका विषयमा छलफल

मध्यमकालीन खर्च संरचना निर्माणमा तदारुकताको अभाव

धमाधम राजीनामा दिँदै कर्मचारी,साता दिनमै चार अधिकृतले दिए राजीनामा

बिशेष