राहदानी दुरुपयोगमा डामिने भए खानेपानी सचिव आचार्य

कुटनीतिक राहदानी दुरुपयोगमा मुछिएका खानेपानी मन्त्रालयका सचिव सुरेश अचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राष्ट्रिय सर्तकता केन्द्रले पत्राचार गरेको छ ।

बिज्ञापन

सचिव आचार्य मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमणमा निस्किएका थिए । गत गत ३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सहभागी हुन उनी ढाँटेर त्यता पुगेका थिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगराई उनी उक्त कार्यक्रममा पुगेर फर्किएको भेटिएपछि कुटनीतिक राहदानी दुरुपयोगको बिषयमा कारवाही गर्न अख्तियारलाई पत्राचार गरिएको हो ।
उक्त कार्यक्रममा भाग लिन सचिव आचार्यको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु मीना श्रेष्ठ र अर्जुन गौतम, खानेपानी तथा ढल निकास विभागमा महानिर्देश्क कमलराज श्रेष्ठ, सिनियर डिभिजन इन्जिनियरहरु रवीन्द्र पोखरेल, रञ्जित ओझा र देवेन्द्र झा, ततकालीन खानेपानी मन्त्रीका छोरा स्वीकय सचिव सुनिल अधिकारी भारत भ्रमणका गएका थिए ।

बिज्ञापन

सचिव आचार्य घर विदा लिएर सरकारी अधिकारीहरुसहित भारत भ्रमणमा गएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई भनिएको बताउँछन् ।

नियमविपरीत सचिव आचार्य विदेश गएको रातो पासपोर्ट समेत प्रयोग गरिएकोबारे अनुसन्धान गर्नुपर्ने भन्दै सतर्कता केन्द्रले अख्तियारमा पत्राचार गरेको हो । केन्द्रले सचिव आचार्यलाई राहदानी ऐन, २०७६ बमोजिम आवश्यक कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको हो ।

बिज्ञापन

नियमअनुसार कुनै पनि सचिवले मुख्यसचिवको अनुमति नलिई देश छाड्न पाइँदैन । तर, सचिव आचार्यले अन्तर्राष्ट्रिय निकायद्वारा आयोजित कार्यक्रममा सरकारी टोलीको नेतृत्व गरेर त्यता पुगेका हुन् ।मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर त्यता पुगेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

अर्थका दुई शक्तिशाली विभाग महानिर्देशकविहीन, भन्सारमा पनि नेतृत्व परिवर्तनको संकेत

निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार पाँच सयभन्दा बढी सुझाव आए

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

बिशेष