राहदानी दुरुपयोगमा डामिने भए खानेपानी सचिव आचार्य

कुटनीतिक राहदानी दुरुपयोगमा मुछिएका खानेपानी मन्त्रालयका सचिव सुरेश अचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राष्ट्रिय सर्तकता केन्द्रले पत्राचार गरेको छ ।

बिज्ञापन

सचिव आचार्य मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमणमा निस्किएका थिए । गत गत ३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सहभागी हुन उनी ढाँटेर त्यता पुगेका थिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगराई उनी उक्त कार्यक्रममा पुगेर फर्किएको भेटिएपछि कुटनीतिक राहदानी दुरुपयोगको बिषयमा कारवाही गर्न अख्तियारलाई पत्राचार गरिएको हो ।
उक्त कार्यक्रममा भाग लिन सचिव आचार्यको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु मीना श्रेष्ठ र अर्जुन गौतम, खानेपानी तथा ढल निकास विभागमा महानिर्देश्क कमलराज श्रेष्ठ, सिनियर डिभिजन इन्जिनियरहरु रवीन्द्र पोखरेल, रञ्जित ओझा र देवेन्द्र झा, ततकालीन खानेपानी मन्त्रीका छोरा स्वीकय सचिव सुनिल अधिकारी भारत भ्रमणका गएका थिए ।

बिज्ञापन

सचिव आचार्य घर विदा लिएर सरकारी अधिकारीहरुसहित भारत भ्रमणमा गएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई भनिएको बताउँछन् ।

नियमविपरीत सचिव आचार्य विदेश गएको रातो पासपोर्ट समेत प्रयोग गरिएकोबारे अनुसन्धान गर्नुपर्ने भन्दै सतर्कता केन्द्रले अख्तियारमा पत्राचार गरेको हो । केन्द्रले सचिव आचार्यलाई राहदानी ऐन, २०७६ बमोजिम आवश्यक कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको हो ।

बिज्ञापन

नियमअनुसार कुनै पनि सचिवले मुख्यसचिवको अनुमति नलिई देश छाड्न पाइँदैन । तर, सचिव आचार्यले अन्तर्राष्ट्रिय निकायद्वारा आयोजित कार्यक्रममा सरकारी टोलीको नेतृत्व गरेर त्यता पुगेका हुन् ।मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर त्यता पुगेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

जलवायु वित्त र दिगो विकास

बिशेष