कर्मचारी प्रेसको समाचारपछि सिन्धुपाल्चोक प्रशासन ‘एक्सन’मा, नासु बढुवाको सूचना प्रकाशन

कर्मचारी प्रेसमा बढुवा प्रक्रिया अलपत्र परेको विषयमा समाचार प्रकाशित भएको भोलिपल्टै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बढुवासम्बन्धी सूचना सार्वजनिक गरेको छ। लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाबारे प्रश्न उठेपछि प्रशासनले सूचना जारी गरेको हो।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट मिति २०८२/०९/३० मा प्रकाशित सूचनाको आधारमा बढुवा समितिको निर्णय सार्वजनिक गरेको जनाएको छ। प्रशासनका अनुसार मिति २०८३/०१/०३ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा बढुवाका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा २४(च) को प्रयोजनका लागि प्रकाशित उक्त सूचनाअनुसार बढुवा सूचना नं. १८६/०८२/०८३ (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन) अन्तर्गत चार जना कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्। बढुवाका लागि सिफारिस हुनेमा राजन कटवाल, छबिन अधिकारी, रामप्रसाद जैसी र बामदेव शर्मा रहेका छन्।

यसअघि सिन्धुपाल्चोक जिल्लामा खरिदार तहका कर्मचारीहरूको बढुवा प्रक्रिया लामो समयदेखि अलपत्र परेको भन्दै कर्मचारी वृत्तमा असन्तोष बढेको थियो। अन्य जिल्लाहरूमा बढुवा प्रक्रिया टुंगो लागेर कतिपय कर्मचारीले नियुक्तिसमेत लिइसकेको अवस्थामा सिन्धुपाल्चोकमा भने सामान्य प्रक्रिया अघि बढाउनसमेत ढिलाइ भएको भन्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमाथि प्रश्न उठ्न थालेको थियो।

बिज्ञापन

खरिदार तहको बढुवाका लागि पुस ३० गतेदेखि आवेदन फारम खुला गरिएको थियो भने फागुन ५ गतेसम्म अन्तिम मिति तोकिएको थियो। सिन्धुपाल्चोकबाट ६ जना कर्मचारीले आवेदन दिएका थिए। तीमध्ये तीन जना ज्येष्ठताका आधारमा र एक जना कार्यक्षमताका आधारमा बढुवा हुने व्यवस्था रहेको छ। तर आवेदन परेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयले बढुवासम्बन्धी सूचना समेत प्रकाशन नगरेको भन्दै कर्मचारीहरूले गुनासो गर्दै आएका थिए।

नियमअनुसार जिल्ला तहमा हुने यस्तो बढुवा प्रक्रिया प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिबाट सम्पन्न हुने व्यवस्था छ। उक्त समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रकसहित सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहने प्रावधान रहेको छ। तर समितिको बैठक समयमा नबस्दा प्रक्रिया अघि बढ्न नसकेको आरोप कर्मचारीहरूले लगाउँदै आएका थिए।

कर्मचारीहरूका अनुसार सुरुमा निर्वाचन आचारसंहिताको बहाना देखाउँदै प्रक्रिया रोकिएको थियो। त्यसपछि निर्वाचनको व्यस्तता र पछिल्लो समय “प्रक्रियामा छौं” तथा “नम्बर जोड्ने काम भइरहेको छ” भन्ने जवाफ दिँदै समय टारिएको आरोप कर्मचारीहरूको थियो। छ जना कर्मचारीको मूल्याङ्कन अंक जोड्न मात्र दुई महिनाभन्दा बढी समय लाग्नु प्रशासनिक ढिलासुस्तीको उदाहरण भएको उनीहरूको भनाइ थियो।

यसबीच सरकारले प्रशासनिक ढिलासुस्ती रोक्न कडा निर्देशन दिँदै आएको छ। सरकारी कार्यालयमा तीन दिनभन्दा बढी फाइल होल्ड गर्न नपाइने भनिए पनि सिन्धुपाल्चोकमा भने बढुवासम्बन्धी फाइल महिनौँसम्म रोकिएको भन्दै आलोचना भएको थियो।

कर्मचारी प्रेसमा यस विषयमा समाचार प्रकाशित भएपछि भोलिपल्टै प्रशासनले बढुवासम्बन्धी सूचना जारी गरेपछि कर्मचारी वृत्तमा यसलाई ‘समाचारको प्रभाव’का रूपमा समेत हेरिएको छ। अहिले सिन्धुपाल्चोकमा बढुवा प्रक्रिया पूर्ण रूपमा टुंगोमा पुग्ने प्रक्रियातर्फ अघि बढेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

कर्मचारी प्रेसको समाचारपछि सिन्धुपाल्चोक प्रशासन ‘एक्सन’मा, नासु बढुवाको सूचना प्रकाशन

सिडिओहरू थर्कमान

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

भ्रष्टाचारमा मुछिए भाइकाजी

जेन्जीको नाममा ‘आतंक’ मच्चाउने गणेश घिमिरे गाउँपालिका सरुवा

स्वास्थ्यमा धमाधम काज फिर्ता, फेरिए तीन महाशाखा प्रमुख

दुबईमा ५ महिनादेखि श्रम सहचारी खाली : सचिव काफ्लेले फाइल ‘लुकाए’, हजारौं श्रमिक मर्कामा

बिशेष