भ्रष्टाचारमा मुछिए भाइकाजी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा अकुत सम्पत्ति जोडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीउपर मुद्दा चलाएको छ ।

बिज्ञापन

२०४४ भदौ १९ गते सार्वजनिक पद धारण गरेका तिवारीले ०७८ वैशाख ९ गते प्राधिकरणको विकास आयुक्त पदबाट अवकाश पाएका थिए । उनीविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन गर्दा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ सम्पत्ति भेटिएको हो ।आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार उक्त रकमबाट श्रीमती मीनादेवी र छोरी मीराका नाममा सम्पत्ति खरिद गरिएको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ र ०५९ बमोजिम उनीहरुलाई समेत प्रतिवादी कायम गर्दै स्रोत नखुलेको रकम जफत गरी कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष