जेन्जीको नाममा ‘आतंक’ मच्चाउने गणेश घिमिरे गाउँपालिका सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बिहीबार निर्णय गर्दै विभिन्न स्थानीय तह तथा मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।

बिज्ञापन

मन्त्रालयले तीन जना शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (प्रशासक) को जिम्मेवारीसहित खटाएको छ। सरुवाअनुसार सन्तोष कुमार शर्मालाई धनुषाको जनकनन्दिनी गाउँपालिका पठाइएको छ भने त्यहीँ कार्यरत शिवेन्द्र कुमार मण्डललाई मन्त्रालयमै तानिएको छ।

बिज्ञापन

यसैगरी भोपाल खड्कालाई सल्यानको कुमाख गाउँपालिका सरुवा गरिएको छ।

सरुवाको सूचीमा सबैभन्दा बढी चर्चा भने गणेश घिमिरेको भएको छ। कर्मचारी वृत्तमा ‘जेन्जी आन्दोलन’को नाममा कर्मचारीहरूमाथि दबाब र आतंक सिर्जना गरेको आरोप खेपिरहेका घिमिरेलाई अछामको मल्लेख गाउँपालिका पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

कर्मचारी वृत्तमा घिमिरेको व्यवहारलाई लिएर लामो समयदेखि असन्तुष्टि रहेको बताइन्छ। मन्त्रालयले उनलाई दुर्गम क्षेत्रमा सरुवा गरेपछि अब उनी खटाइएको स्थानमा पुगेर काम गर्छन् कि पुनः सोर्सफोर्स प्रयोग गरेर काठमाडौंमै बस्ने प्रयास गर्छन् भन्ने विषय चासोका रूपमा हेरिएको छ।

त्यस्तै केशव कुमार अधिकारीलाई पर्साको कालिकामाई गाउँपालिका पठाइएको छ भने त्यहीँ कार्यरत राज कुशवाहलाई गृह मन्त्रालय तानिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रशासनिक कामलाई व्यवस्थित बनाउन नियमित सरुवा गरिएको बताएको भए पनि केही कर्मचारीको व्यवहार र कार्यशैलीका कारण गरिएको सरुवालाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

बिशेष