स्वास्थ्यमा धमाधम काज फिर्ता, फेरिए तीन महाशाखा प्रमुख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयले लामो समयदेखि काजमा कार्यरत रहेका वरिष्ठ चिकित्सकहरूलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो ।
यसरी काज फिर्ता भएका चिकित्सकहरुमा नीति योजना महाशाखामा कार्यरत डा चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा काज फिर्ता गरिएको छ । स्वास्थ्य समन्वय महाशाखामा रहेका डा भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशाला र गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता पठाइएको छ । यस्का अलवा
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ । यस अघि नै मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना र दोस्रो चरणमा थप सात जनाको काज फिर्ता गरेको थियो । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा रोहिता बज्राचार्य, डा जोसनलाल बज्राचार्य, डा विशालकुमार देव, डा प्रकाश ढकाल र डा सुशील समदर्शीका अलवा डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ ।

बिज्ञापन

यता स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुख हेरफेर गरेकी छिन् । जस अनुसार,मन्त्रालयको महाशाखामा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा गुणनिधि शर्मा आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष