२३ उपसचिवको सरुवा,१४ लाई पठाइयो नगरपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले गत चैत्र ३० को मितिमा २ जना र वैशाख २ गते २१ जना गरी २३ जना उपसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार २३ जना सरुवा हुँदा १४ जनालाई स्थानीय तहमा खटाइएको छ । कहिल्यै सिंहदरबार नछोडेका,स्थानीय तहमा नबसेका कर्मचारीहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तह पठाइएको मन्त्रालयले जनाएको छ ।
सूची अनुसार,सामान्यको अतिरिक्त समूहमा रहेका जगदिशचन्द्र नेपालीलाई चन्द्रागिरी नगरपालिकामा खटाएको छ भने त्यहाँ कार्यरत रहेका सुरेन्द्र थापा मगरलाई आदिवासी जनजाती आयोगमा पठाएको छ ।
यस्तै,गत चैत्र २ को मितिमा थप २१ जना उपसचिवहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । जस अनुसार,रुपनारायण खतिवडालाई गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,गृहबाट झंकनाथ ढकाललाई मलगंवा नगरपालिका,सर्लाही,कृषिका उपसचिव मेघराज पन्तलाई बलरा नगरपालिका,सर्लाही,राष्ट्रिय सतर्कता केन्द्रबाट लोकनाथ भुसाललाई रामगोपाल नगरपालिका,रक्षाबाट नवराज अधिकारीलाई सिम्रौनगढ नगरपालिका,सामान्यकै अतिरिक्तमा रहेका श्रीधर पन्थीलाई पचरौता नगरपालिकामा खटाएको छ ।
यस्तै,गृहबाट शेखर पौड्याललाई पोखरिया नगरपालिका,उद्योगबाट रमेश अधिकारीलाई बहदुरमाइ नगरपालिकामा खटाएको छ । भूमिबाट हरिप्रसाद पन्तलाई कटहरिया नगरपालिका,उद्योगबाट बुद्धिप्रसाद उपाध्यायलाई त्रिवेणी नगरपालिकामा पठाएको छ । खानेपानीबाट गणेशविक्रम शाहीलाई कमलबजार नगरपालिका,उद्योगबाट तर्कराज भट्टलाई महाकाली नगरपालिकामा पठाइँदा सामान्यबाट हरिप्रसाद शर्मालाई मेलौली नगरपालिकामा खटाएको मन्त्रालयले जनाएको छ । यस्तै सागर शाह सामान्यबाट गृह,लामो समयदेखि जिम्मेवारविहिन रहेका शोभाखर रेग्मी पर्यटनमा पुगेका छन् । सत्यराज जोशीलाई राष्ट्रिय सतर्कता केन्द्र,सोमनाथ गौतमलाई भूमि मन्त्रालय,बैकुण्ठ उपाध्यायलाई उद्योगमा पुर्याइएको छ ।
यस्तै,होमबहादुर थापा उद्योग मन्त्रालय,सामान्यबाट बन्दना झा उद्योग मन्त्रालयमा पठाइएको छ भने सामान्यबाट कृष्ण शर्मालाई गृहमा पठाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

बिशेष