यस आर्थिक बर्ष अर्थात २०८३ सालमा झण्डै चार महिना सरकारी विदा हुने भएको छ । सरकारले आइतबारलाई पनि साप्ताहिक बिदा दिने निर्णय गरेसँगै यो बर्ष १३१ दिन सार्वजनिक संस्थान र विद्यालयहरु बन्द हुने भएका छन् । गत चैत्र २२ गते मन्त्रिपरिषद् बैठकले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो सँगै यस आर्थिक बर्षमा अब १०४ दिन शनिवार मात्र सार्वजनिक विदा पर्ने भएका हुन । सरकारले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म र सातामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णयले जागिर समेत गर्दै आएका कामकाजी महिलाहरु तनाव भोग्न थालेका छन् ।
बिज्ञापन
यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूची गृह मन्त्रालयले फागुन १८ गते राजपत्रमा प्रकाशित गरेको थियो, जसमा ५२ दिन शनिवार र अन्य पर्व, दिवस तथा जन्म जयन्तीका बिदा समावेश थिए । तर, नयाँ सरकारको निर्णयपछि आइतबार पनि बिदा थपिँदा थप ५२ दिन जोडिएको हो । पछिल्लो पटक राजपत्रमा प्रकाशित सूचना अनुसार,विभिन्न चाडपर्व, दिवस र जात्राका नाममा २६ दिन बिदा परेको छ।
जस अनुसार वैशाख महिनामा आठ वटा शनिवार र आइतबार,वैशाख १ मा नयाँ वर्षको बिदा,वैशाख १८ मा चण्डी पूर्णिमा,मजदुर दिवस समेत गरी ११ दिन बिदा हुनेछ । यस्तै जेठ महिनामा गणतन्त्र दिवस जेठ १५ गते शुक्रबार परेको छ । शनिवार र आइतबार पाँच पाँच वटा गरी १२ दिन सार्वजनिक बिदा पर्नेछ । यस्तै असार महिनामा ८ दिन,साउनमा १० दिन सार्वजनिक बिदा परेको छ । भदौंमा १२ गते रक्षाबन्धन र कृष्ण जन्मअष्टमी भदौ १९ गते शुक्रबार समेत गरी १० दिन,असोज ३१ देखिदेखि दशैं पर्व शुरु हुने हुँदा १० दिननै सार्वजनिक बिदा परेको छ भने कात्तिक १ गतेदेखि ६ सम्म ६ दिन दसैं बिदा हुँदा र कात्तिक २२ देखि २६ गतेसम्मको तिहार बिदामा गरी कार्तिकमा १९ दिन कार्यालय बन्द हुनेछन् ।
राजपत्र अनुसार,मंसिरमा ९ दिन पुसमा धान्यपूर्णिमा, क्रिसमस पुस १०, तमु ल्होसार पुस १५ गते बुधबार, पृथ्वी जयन्ती पुस २७ गते समेत गरी १२ दिन,माघ महिनामा माघे सक्रान्ति,प्रजातन्त्र दिवस समेत गरी १० दिन सार्वजनिक बिदा पर्नेछ । यस्तै, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ सोमबार परेका छन्। सोनम ल्होसार, महाशिवरात्री लगायतका पर्वका कारण १३ दिन फागुनमा र चैत्र महिनामा फागुन पूर्णिमा १ दिन र शनिवार र आइतबार ८ दिन गरी ९ दिन सार्वजनिक बिदा पर्नेछन् । जस अनुसार आगामी बर्ष १३३ दिन सार्वजनिक बिदा परेका छन् भने सरकारी कार्यालय र शिक्षण संस्था बर्षभरमा २३२ दिन खुल्नेछन् ।
बिज्ञापन
यसरी सातामा दुई दिन बिदा हुँदा कामकाज सँगै बच्चाहरुको हेरविचार समेत गर्नुपर्ने एकल परिवारका महिलाहरुले बढी तनाव भोग्नु परेको गुनासो कतिपयले सामाजिक सञ्जालबाटै व्यक्त गरेका छन् । कतिपय विद्यालयहरु बिहान १० बजेपछि सञ्चालन हुने तर अभिभावकहरु बिहानै ९ बज्नु अगावै सरकारी कार्यालय हाजिर हुनुपर्ने बाध्यताले सरकारी जागिरे महिलाहरु विशेष तनावमा रहेको गुनासो पोख्न थालेका छन् ।































