अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

झण्डै दुई तिहाइ बहमुत नजिक रहेको सरकारले निजामती सेवा ऐन अध्यादेशबाट ल्याउने तयारी गरेको छ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन गत चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवारदेखि अन्त्य गरिसकेका छन्।

बिज्ञापन

संसदबाट विद्येयक ल्याउन कम्तिमा ६ महिना लाग्ने भएका कारण अध्यादेशबाटै ऐन ल्याइने प्रक्रिया अगाडि बढाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले बताएका छन् । गत भदौ १७ गते संघीय निजामती सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पास गरी प्रतिनिधि सभामा पठाइएको थियो। तर, भदौ २७ गते प्रतिनिधिसभा विघटन भएपछि सो विद्येयक फेरि अलपत्र पर्न पुगेको छ । सोही विद्येयकका केही प्रावधानहरु संशोधन गरेर ऐन ल्याइन लागिएको सामान्य प्रशासन मन्त्रालय स्रोतको दावी छ । शासकीय सुधारका १ सय योजनामा सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने बिषय समावेश गरिएको छ । सोही कारण बजेट अधिवेशन अगावै अध्यादेशबाटै ऐन ल्याइने गरी सामान्य प्रशासनले गृहकार्य गरिरहेको छ ।

बिज्ञापन

सबैभन्दा पेचिलो मानिएको दलगत कर्मचारीहरुको युनियन नरहने र एकमात्र आधिकारिक ट्रेड युनियन रहने ब्यवस्था बिधेयकमा गर्न खोजिएको छ । हाल आधा दर्जन बढी यस्ता दलगत कर्मचारी ट्रेड युनियनहरु अस्तित्वमा रहेका छन् । यस्का अलवा संघका झण्डै २२ हजार दरबन्दी कटौती गर्ने खोजिएको छ । कर्मचारीहरूको दरबन्दी घटाउन सहसचिवको सेवा अवधि १० वर्ष, सचिवको ३ वर्ष र मुख्य सचिवको सेवा अवधि २ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । यस्का अलवा नायब सुब्बा तहका कर्मचारीलाई एउटै निकायमा अधिकतम सात वर्षसम्म राख्ने तथा अधिकृत र उपसचिव तहका कर्मचारीलाई पाँच वर्षसम्म स्थिर राख्ने व्यवस्था प्रस्ताव गरिएको हो।

यस्तै,ऐनमा कुलिङ पिरियडको व्यवस्था गरिने छ। अध्यादेशमा अवकाश उमेर सीमा नबढ्ने भएको छ। अवकाश उमेर हद ५८ वर्ष राख्ने र सेवा अवधि ३० वर्ष राख्ने विषयमा पनि छलफल भइरहेको छ। यस्का अलवा कर्मचारी सरुवालाई पारदर्शी बनाउन मुख्यसचिवको संयोजकत्वमा निजामती सेवा बोर्ड गठन गर्ने प्रस्ताव गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

बिशेष