‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ ।

बिज्ञापन

सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरे पनि कर्मचारीहरूले त्यसको उल्लङ्घन गर्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमनका क्रममा फेला पारेको हो।

बिज्ञापन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा केन्द्रले विभिन्न टोली परिचालन गरी दिनहुँ छड्के अनुगमन गरिरहेको छ। केन्द्रका अनुसार पछिल्लो अनुगमनको क्रममा सबैभन्दा धेरै गृहका कर्मचारीहरु छड्केमा परेका हुन । प्राप्त विवरण अनुसार,सबैभन्दा धेरै कामचोर कर्मचारी रक्षा मन्त्रालयको रहेको खुलेको छ । प्रधानमन्त्री मातहत रहेको सो मन्त्रालयका ४१ जना कर्मचारी छड्केमा परेका छन् भने गृह ३९ जना कर्मचारीहरु छड्केमा परेका हुन । यस्मा नासु तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरु रहेका छन् । यस्तै परराष्ट मन्त्रालयका ३६ जना कर्मचारीहरु छड्केमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनका २७ कर्मचारी छड्केमा परेका छन् । यस्तै, उद्योग मन्त्रालयका २६,अर्थ मन्त्रालयका १२ कर्मचारी छड्के अनुगमनमा परेका हुन । कानुन मन्त्रालयका १२ जना कर्मचारीहरु यो बीचमा केन्द्रको छड्केमा परेका छन् । केन्द्रका अनुसार युवा तथा खेलकुद मन्त्रायका १०,शहरी मन्त्रालयका ५ जना कर्मचारी केन्द्रको छड्केमा परेका हुन ।

यस्का अलवा डिल्ली बजारस्थित नापी कार्यालयका ७,भन्सार बिभागका ३५,राहदानी बिभागका १५,कन्सुलरका सात जना कर्मचारीहरु छड्केमा परेका छन् ।
केन्द्रको अनुगमनको क्रममा राष्ट्रिय औषधि प्रयोगशालाका ८ जना,नापी बिभागका ३४ जना फन्दामा पर्दा श्रम बिभागका ९,औषधि बिभाग १२ जना कर्मचारीहरु छड्केमा परेका छन् । यस्तै,केयूकेएलका सबैभन्दा धेरै ६९ जना कर्मचारीहरु कामचोर रहेको खुलेको छ भने त्रिपुरेश्वरस्थित नेपाल टेलिकमका १० जना छड्केमा परेका छन् । केन्द्रले गत १६ र १७ चैत्रमा विभिन्न १६ वटा संघीय अस्पतालहरु शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा अनुगमन गरेको थियो। यसका साथै, सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा निकाय र नागरिकको बढी भिडभाड हुने कार्यालयहरूमा पनि छड्के जाँच गरिएको छ । जस अनुसार,१८ गते १३ वटा सरकारी कार्यालय,१९ गते १०,२० गते ७ सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो । यस्तै,२२ गते १०,२३ गते ६ मन्त्रालय,विभाग,निकाय तथा कार्यालयहरुको अनुगमन गरेको केन्द्रको टोली २३ देखि काठमाडौं बाहिरका ७ वटा जिल्लामा अनुगमन जारी राखेको छ ।

बिज्ञापन

कार्यालयले संघीय मन्त्रालय तथा कार्यालयहरुको अनुगमन गर्दा बिहान ९ बजे कार्यालय पुगेर हाजिर गर्ने तर क्यान्टिनतिर हराउनेदेखि घर पुग्ने गरेको अनुमगनको क्रममा खुलेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमनमा परेका कर्मचारीको नाम,पदसम्मको विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्दै आएको छ ।सबैभन्दा बढी कामचोर कर्मचारी रक्षा मन्त्रालयकै ४१ जना रहेका छन् भने गृहका ३९,परराष्ट्रका ३६,सामान्यका २७,उद्योगका २६ सहित हजारौं यस्ता कर्मचारीहरुको नाम,थर,पदसहितको विस्तृत विवरण प्रधानमन्त्री कार्यालयमा पेश भइसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

बिशेष