अध्यादेशबाटै संघीय निजामती सेवा ऐन ल्याउने तयारी

सरकारले संघीय निजामती सेवा ऐन अध्यादेशबाटै जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसक्ने भए पछि सरकार अध्यादेशको बाटोमा लागेको हो।

बिज्ञापन

बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमा संघीय निजामती सेवा विधेयक ४५ दिनभित्रै तर्जुमा गर्ने विषय उल्लेख छ । जहाँ सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय पनि सोही कार्यसूचीमा उल्लेख छ । ‘यसका लागि आवश्यक कानुनी व्यवस्था विशेषत सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने कार्यसूचीमा उल्लेख छ ।

बिज्ञापन

तर,संघीय संसद्को दुवै सदनको अधिवेशन अस्तिदेखि शुक्रवारदेखि नै अन्त्य भइसकेको छ । गत चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । चालु अधिवेशनको अन्तिम बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेसँगै उक्त अधिवेशन अन्त्य भएको थियो । २१ फागुनको निर्वाचनपछि संसदको पहिलो बैठक चैत १९ गते बसेको थियो । चालु अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।

संसदका तल्ला र माथिल्ला दुबै सदन बन्द भइसकेको अवस्थामा अध्यादेशमार्फत नै ऐन जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन

यस अघि राष्ट्रिय सभाबाट फिर्ता भएको ड्राफ्टलाई आधार मानेर केही दफाहरु परिमार्जन गर्दै सरकारले अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउने प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाबाट छलछामसहित राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो । गत १७ भदौंमा संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले निजामती सेवा विधेयक सर्वसम्मतिल पारित गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष