सही गरेर खाने कर्मचारी, समातिने लेखापढी

देशभरका लेखापढी व्यवसायीहरु आन्दोलित भएका छन् । देशका एक सय ३५ मालपोत तथा नापी कार्यालयहरूमा भूसेवा केन्द्र स्थापना गरी लेखापढीको सेवा प्रदान गर्दै आएका ३० हजार व्यवसायी रोजीरोटी खोसिन लागेको भन्दै उनीहरु आन्दोलित भएका छन् । बालेन्द्र साह नेतृत्वको सरकारले कार्यालय–विभागमा बिचौलियाको अन्त्य गर्न निर्देशन दिएको छ । बिचौलियालाई प्रवेश निषेध गर्न निर्देश गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही दिनअघि मातहतका कार्यालयलाई पत्राचार गरेको छ ।
त्योसँगै प्रहरीले मालपोत कार्यालय, नापी कार्यालयबाट धमाधम लेखापढी व्यवसायीलाई समात्न थालेको छ । दैनिक दर्जनौं लेखापढी व्यवसायी पक्राउ परिरहेका छन् । धेरै पढ्न र लोकसेवा भिड्न नपाएकाहरु दुई चार हजार कमाइका लागि मालपोत, नापी, यातायात कार्यालयबाहिर एउटा सटर लिएर सेवाग्राहीलाई सहजीकरण गरिरहेका भेटिन्छन् । सेवाग्राहीको निवेदन लेखिदिने, बैंक भौचर भरिदिने, कोठा देखाइदिने, डकुमेन्टेशन गरिदिने, अड्डा अदालत धाइदिनेलगायतका काम उनीहरुले नै गर्दै आएका छन् ।
सोही पक्राउको विरुद्धमा लेखापढी व्यवसायी आन्दोलितद हुँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अनुसार ललितपुर, पर्सा, मोरङको बेलबारीलगायत ठाउँमा काम ठप्प भएको छ । लेखापढी व्यवसायीलाई बिचौलिया भन्ने शब्द प्रयोग गरिएकोमा उनीहरूको आपत्ति छ ।

बिज्ञापन

लाइसेन्स लिएर भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढीहरुलाई विचौलिया करार गरिएकोप्रति उनीहरुको आपत्ति छ । मालपोत तथा नापी कार्यालयबाट सेवा लिन आएका सेवाग्राहीको कामअनुसार जग्गा रजिस्ट्रेसन, बकस, लिखत, अशंबन्डालगायतका कागजागत लेखापढी व्यवसायीले बनाइदिन्छन् । लिखत तयार पार्न सेवाग्राहीलाई झन्झटिलो हुन्छ । त्यसैले अधिकांश सेवाग्राहीले लेलापढी व्यवसायीको सहयोग लिन्छन् । लाइसेन्सै नै लिएर उनीहरुले यस्तो सेवा दिइरहेको दावी गरेका छन् । सरकारबाट लाइसेन्स प्राप्त उनीहरुले व्यवसाय थाल्नुअगावै ५० हजार रुपैयाँ धरौटी राखेका हुन्छन् ।

बिज्ञापन

यद्यपि सरकारले भने मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाहरूको बिगबिगी बढेको र सेवाग्राहीले अनावश्यक दुःख र झन्झट भोग्नुपरेको भन्दै बिचौलियामुक्त अभियान सुरु गरेको छ । सार्वजनिक सेवा प्रदान गर्ने सरकारी कार्यालयमा बिचौलिया शून्य बनाउने नीति सरकारले लिएको छ ।

कार्यालयबाहिर लेखापढी व्यवसाय सञ्चालन गरेर बसेका एकजनाले भने, ‘कर्मचारीहरु दलालसँग सेटिङ्गमा काम गर्छन् अनि हामीलाई बिचौलिया भन्छन् । कर्मचारीहरुले घुस नखाने हो भने बिचौलियातन्त्रको आफैं अन्त्य भइहाल्छ । घुस खाने कर्मचारीलाई सरकारले समात्यो भने देश सुध्रिहाल्छ ।’
मालपोत, नापी, यातायातको सबै काम लेखापढी व्यवसायीले गर्छन् –बैंक भौचर भर्ने, डकुमेन्ट मिलाउने, फाराम भरिदिने, कोठा–कोठामा कागज पुर्याउने । कर्मचारीहरुले लेखापढीले तयार गरेको फाराममा हस्ताक्षर मात्र गर्छन् । लेखापढीबिना मालपोत कार्यालयमा कुनै काम हुँदैन ।

बिज्ञापन

लेखापढीले ती कामबापत केही रकम लिने गरेका छन् । ती लेखापढी व्यवसायी भन्छन् के सेवाग्राहीलाई सहजीकरण गरिदिनु अपराध हो ? सेवाग्राहीले जति रकम दिनुभयो, हामीले त्यतिमै चित्त बुझाउँछौं । कर्मचारीले त साइन मात्र गर्ने हो’, ती व्यवसायीले सुनाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष