अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

सूचना प्रविधि विभागले निजामती कर्मचारीहरुको वैयत्रिक विवरणदेखि, लोकसेवा प्रवेश पत्र समेत नागरिक एपबाटै लिन पाइने व्यवस्था मिलाएको छ । विभागका अनुसार अब लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस) नागरिक एपबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन लागिएको हो ।

बिज्ञापन

सरकारले नागरिक एपलाई सरकारले सबै सरकारी सेवा पाइने एउटै थलो बनाउने लक्ष्य राखेको छ । यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र अनलाइनबाटै दिने व्यवस्था सफल भइसकेको छ । विभागका अनुसार अबको साता दिनभित्रैमा निजामती कर्मचारीहरुको पिआइएस र लोकसेवाको प्रवेशपत्र समेत नागरिक एपबाटै प्राप्त हुने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
हाल यो एपबाट नागरिकता, राहदानी, मतदाता परिचयपत्र र प्यान कार्डको विवरण हेर्न र डाउनलोड गर्नेदेखि सवारी साधन चालक अनुमति पत्र (लाईसेन्स) को विवरण हेर्न र नवीकरणको अवस्था चेक गर्न,कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकमको विवरण हेर्नुका अलवा शैक्षिक प्रमाणपत्रहरूको विवरण हेर्न व्यवस्था रहेकोमा अब लोकसेवा आयोगको प्रवेश पत्र लिनेदेखि निजामती कर्मचारीको पिआइएस समेत यसैबाट हेर्ने व्यवस्था मिलाइन लागेको हो ।

बिज्ञापन

विभागले हाल यसको प्राविधिक परीक्षण गरिरहेको यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएसँगै सरकारी कामका लागि लाइन बस्नुपर्ने र कागजी प्रक्रिया झेल्नुपर्ने झन्झटमा उल्लेख्य कमी आउने विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष