लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

काठमाडौं । सबैभन्दा बढी सेवाग्राहीको चाप रहने मालपोत कार्यालयमध्ये एक मानिने मालपोत कार्यालय लगनखेलको कार्यालय प्रमुख पद अहिले रिक्त रहेको छ। कार्यालय प्रमुख रहेका उपसचिव भीमबहादुर बुढा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको निजी सचिवका रूपमा मन्त्रालयमा सरुवा भएपछि उक्त कुर्सी खाली भएको हो।

बिज्ञापन

लगनखेल मालपोत कार्यालय देशकै व्यस्त मालपोत कार्यालयमध्ये पर्छ। दैनिक सयौँ सेवाग्राही जग्गा किनबेच, नामसारी, लिखत पास लगायतका कामका लागि पुग्ने भएकाले त्यहाँको कार्यालय प्रमुख पदलाई निकै प्रभावशाली मानिन्छ। पद खाली भएसँगै उक्त कार्यालयमा जानका लागि उपसचिवहरूबीच तीव्र दौडधुप सुरु भएको स्रोतले जनाएको छ।

बिज्ञापन

भूमि प्रशासनसम्बन्धी काममा अनुभव भएका, फाइल अड्काएर सेवाग्राहीलाई दुःख नदिने तथा कार्यालय सञ्चालनमा दक्ष कर्मचारीलाई त्यहाँ पठाउनुपर्ने मागसमेत उठ्न थालेको छ। मन्त्रालय र मातहतका निकायमा भूमि प्रशासन बुझेका केही अनुभवी कर्मचारीहरू रहेकाले त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिँदा कार्यालयको सेवा प्रवाह प्रभावकारी हुने विश्वास गरिएको छ।

स्रोतका अनुसार, योग्य र काम गर्न सक्ने कर्मचारीलाई जिम्मेवारी दिइएमा मन्त्रीको कार्यसम्पादनलाई पनि सकारात्मक सन्देश जानेछ। तर विवादित छवि भएका व्यक्तिहरूलाई त्यहाँ पठाइएमा त्यसको असर मन्त्रालय र मन्त्रीमाथि समेत पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

बिज्ञापन

यसैबीच उक्त कार्यालयमा सरुवा हुन केही विवादित कर्मचारीहरू पनि सक्रिय भएको चर्चा मन्त्रालय वृत्तमा चलिरहेको छ। मालपोत क्षेत्रमा सक्रिय बिचौलियाको रूपमा चिनिने प्रमोद खड्काले समेत यस विषयमा चासो देखाइरहेको बताइन्छ।

अब लगनखेलजस्तो संवेदनशील र सेवाग्राहीको चाप अत्यधिक रहने कार्यालयमा मन्त्रीले कसलाई पठाउने भन्ने विषयलाई लिएर कर्मचारी वृत्तमा चासो बढेको छ। निस्वार्थ भावनाले सक्षम कर्मचारीलाई जिम्मेवारी दिइन्छ कि पुरानै शैलीमा मोलमोलाइ र दबाबका आधारमा निर्णय हुन्छ भन्ने कुरा भने अबको निर्णयले स्पष्ट पार्नेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष