कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

प्रधानमन्त्री  बालेन्द्र शाह (बालेन) ले आफ्नो निजी सचिवका रूपमा सहसचिव प्रदीप परियारलाई जिम्मेवारी दिएका छन् । यस अघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृत बनाएर लगेका मेयर वालेन शाहले कान्छा सहसचिवका रुपमा चर्चित प्रदीप परियारलाई आफ्नो निजी सचिवको जिम्मेवारी दिएका छन् । अन्य मन्त्रीहरुले समेत आफ्नो निजी सचिवालय निर्माणलाई तिव्रता दिइरहेका छन् । सरकार बनेको दुई साता व्यतित हुन लाग्दा अधिकांश मन्त्रीहरुले आफ्नो निजी सचिव नियुक्त गरिसकेका छन् ।

बिज्ञापन

अर्थ मन्त्रालय सम्हालिरहेका स्वर्णिम वाग्लेले कन्चन बस्नेतलाई निजी सचिवको जिम्मेवारी दिएका छन् ।  परराष्ट्र  मन्त्री शिशिर खनालका निजी सचिव मधुसूदन भट्टराई रहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालिरहेका विराजभक्त श्रेष्ठ ले भने अहिलेसम्म निजी सचिव टुङ्गो नलगाएको मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

गृह  मन्त्री सुदन गुरुङले जितेन्द्र अधिकारीलाई निजी सचिव बनाउने तयारी गरिरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री प्रतिभा रावलले सहरी विकास विभागबाट रामप्रसाद आचार्यलाई ल्याएर निजी सचिव नियुक्त गरिसकेकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले नाथमबाट समिक पौडेललाई मन्त्रालयमा ल्याएर निजी सचिव बनाउने तयारी गरेका छन्, तर औपचारिक पत्र जारी भएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका सुनिल लम्सालले सडक डिभिजन बुटवलबाट जिबेन्द्र मिश्रालाई ल्याएर निजी सचिव नियुक्त गरिसकेका छन्। सञ्चार मन्त्रालयमा मन्त्री बिक्रम तिमिल्सिनाले अहिलेसम्म निजी सचिव टुङ्ग्याएका छैनन्। हाल उक्त जिम्मेवारी राकेश गुरुङले सम्हालिरहेका छन्। श्रममन्त्री दीपक साहले केशरबहादुर पण्डितलाई निजी सचिवको जिम्मेवारी दिएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री सीताबादीले विजय कुमार शर्मालाई निजी सचिवको जिम्मेवारी दिएकी छन्। वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नै सहपाठी मोहन जोशीलाई निजी सचिव बनाएकी छन्। जोशी कानुन सेवाका उपसचिव हुन्। खानेपानी मन्त्रालयकी मन्त्री निशा मेहताले महेश लेगेजुलाई निजी सचिवको जिम्मेवारी दिएकी छन्। यसैबीच भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि कर्मचारी तान्ने क्रम देखिएको छ। उक्त मन्त्रालयमा मन्त्री प्रतिभा रावलले मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुख भीमबहादुर बुढालाई मन्त्रालयमा ल्याएकी छन्।

बिज्ञापन

नयाँ सरकार गठनसँगै मन्त्रीहरूले आफ्नो कार्यसम्पादन सहज बनाउन विश्वासपात्र कर्मचारीलाई निजी सचिवका रूपमा नियुक्त गर्ने क्रम बढिरहेको देखिएको छ। केही मन्त्रालयमा नियुक्ति भइसकेको छ भने केहीमा अझै टुङ्गो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष