सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीहरुको खटन पटन गर्दै आएको केन्द्रीय निकाय हो,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । यो मन्त्रालयको हविगत कस्तो छ भने संघ,प्रदेश,स्थानीय तहमा खटिएका आफ्नै कर्मचारीको लगत छैन । यसरी कर्मचारीको लगत राख्नुपर्ने निकाय हो,संगठन विकास शाखाले । जागिरे जीवनका लामो समय सामान्य प्रशासनमै बिताएका लोकसेवाका गुरुका रुपमा चिनिने प्रकाश दाहालले सो शाखाको नेतृत्व सम्हाले पनि यो भद्रगोल सुध्रिएन, हरेक पटक मन्त्री फेरिन्छन्,त्यही समय शुरु हुन्छ कर्मचारीको लगत माग्ने । फेरि यही प्रवृत्ति दोहोरिएको छ,यस पटक पनि ।

बिज्ञापन

 मन्त्रीको निर्देशनमा सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले प्रदेशका मन्त्रालय,निकायका अलवा ७५३ स्थानीय तहका कर्मचारीको स्वीकृत दरबन्दीको विवरण पठाउन परिपत्र गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण पठाउन परिपत्र गरेको छ ।

बिज्ञापन

यस्तै सोही मन्त्रालयसँग देशभरका कर्मचारीहरु के कति बिदामा छन् ? सो तथ्यांक समेत छैन । मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन आग्रह गरेको छ।मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी प्रसूति बिदा लगायतका सबै बिदाको विवरण स्वीकृत भएको अवधि र बिदा सकिएपछि हाजिर भएको मिति सहित मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालय मातहतकै निजामती किताबखानाको तथ्यांक अनुसार,सात हजार १९० कर्मचारी अहिले बिदामा छन् । जस अनुसार असाधारण, तलबी असाधारण, तलबी अध्ययन, बेतलबी अध्ययन र बेतलबी बिदा लिने कर्मचारीको संख्या हो । विभिन्न पाँच प्रकारका बिदाको विवरण केलाउँदा कर्मचारीहरुले कतिपय कर्मचारीले बिदा सुविधा दुरुपयोग गरेको आशंका गरिएको छ । किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या चार हजार ३० जना रहेको छ । यस्तै, बेतलबी अध्ययन बिदा लिनेको संख्या एक हजार ४ सय १६ रहेको छ । यस्तै असाधरण बिदा लिने कर्मचारीको संख्या १ हजार ३ सय ६३ जना रहेका छन । यस्तै,बेतलबी प्रसुती बिदा लिने कर्मचारीको संख्या ३ सय ७ जना रहेको निजामती किताबखानाले जनाएको छ ।

बिज्ञापन

यस्तै बेतलबी असाधरण बिदा लिने कर्मचारीहरु ४३ जना रहेका छन् । बेतलबी विदा लिने कर्मचारीको संख्या १७,विशेष विदा लिने ६,पेश्की विदा लिने कर्मचारीको संख्या १ जना रहेको छ । किताबखानाको विवरण अनुसार विविध विदा उपयोग गरिरहेका ७ हजार १९० जना कर्मचारी र औषधि उपचार वापत रकम लिइरहेका ६२२ कर्मचारीहरु रहेका छन् ।

निजामती सेवा नियमावलीमा निजामती कर्मचारीका लागि सेवामा बहाल रहेको अवस्थामा आवश्यक पर्ने विभिन्न बिदाबारे व्यवस्था गरिएको छ । नियमावलीको नियम ६२ को उपनियम ३ (क) मा ‘अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाणसहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने व्यवस्था’ छ । नियमावलीले बिदाको जानकारी किताबखानासमेतलाई पठाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना भएको छैन ।

यस्तै,नियमावलीको नियम ५८ मा असाधारण बिदा लिन सक्ने व्यवस्था छ । कुनै ठुलो वा कडा रोग लागेर उपचार गर्न बिरामी बिदा वा घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गरी निजामती कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी ४५ दिनसम्म थप बिरामी बिदा पाउँछन् । यो बिदा पनि अपुग भई थप बिदा लिनुपरेमा एक वर्ष असाधारण बिदा लिन सक्ने व्यवस्था छ । त्यस्तै, नियम ६१ मा तलबी अध्ययन बिदाको व्यवस्था छ । सोही नियमको उपनियम ५ मा बेतलबी अध्ययन बिदासम्बन्धी व्यवस्था छ । यसैगरी नियमावलीको नियम ६२ मा असाधारण बिदासम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

बिशेष