नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

बिज्ञापन

स्रोतका अनुसार आजको बैठकबाट  नेपाल रास्ट बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्ति गर्ने विषयमा निर्णय हुन सक्ने सम्भावना छ। यद्यपि मन्त्रिपरिषद् बैठकका आधिकारिक एजेन्डा सार्वजनिक गरिएको छैन।

बिज्ञापन

सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको भए पनि यसपटक नियमित तालिका बाहिर आकस्मिक रूपमा बैठक बोलाइएकाले यसको एजेन्डाप्रति चासो बढेको छ।
सरकारले आर्थिक नीतिसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू लिने तयारी गरिरहेको सन्दर्भमा राष्ट्र बैंकको नेतृत्व तहमा नियुक्ति हुनसक्ने चर्चा सरकारभित्रै चलिरहेको छ।

अहिलेसम्म सरकारले डेपुटी गभर्नर पदका लागि सम्भावित नामहरू सार्वजनिक गरेको छैन। तर स्रोतहरूका अनुसार राष्ट्र बैंकको नेतृत्व संरचना पूर्ण बनाउन सरकार चाँडै निर्णयमा पुग्ने तयारीमा रहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष