कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा भारी कटौती गरेको छ ।
अर्थ मन्त्रालयले मन्त्री तथा संवैधानिक पदाधिकारीहरुको इन्धन सुविधा प्रचलित कानुनअनुसार यथावतै राखेर कर्मचारीहरुको इन्धन सुविधा भारी कटौती गरेको हुन ।

बिज्ञापन

जस अनुसार यस अघि १२५ लिटरसम्मको इन्धन सुविधा लिँदै आएका विशिष्ट पदाधिकारी तथा सचिवहरुले अब मासिक रुपमा ७० लिटरसम्म सुविधा पाउने भएका हुन । यस्तै यस अघि १ सय लिटरसम्मको इन्धन सुविधा पाउँदै आएका सहसचिवहरुले अब मासिक ५० लिटर मात्र यस्तो सुविधा पाउनेछन् । त्यस्तै, दुईपांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन्।

बिज्ञापन

त्यस्तै, केन्द्रीयस्तरका कार्यालयका पुल सवारीसाधनहरूका यस अघि ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन्। थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ।  यस्तै,पुलको सवारी साधन प्रति सवारी कम्तीमा ३ जनाले प्रयोग गर्नुपर्ने व्यवस्था थप गरिएको छ । एकल प्रयोगलाई निरुत्साहित गरिएको छ । अर्थ मन्त्रालयले त्रैमासिक रूपमा उपलब्ध गराइने ५ लिटर मोविल र ब्रेक आयलको व्यवस्थामा भने परिवर्तन गरेको छैन ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन भन्दै विशिष्ट पदाधिकारीका अलवा कर्मचारीहरुको इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष