लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरेको छ।
अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै पौडेलले पदीय मर्यादा दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले विभिन्न व्यक्तिको नाममा ऋण सापटी लिएको देखाएर आर्थिक कारोबारको जालो सिर्जना गरेको जनाएको छ।

बिज्ञापन

आयोगका अनुसार पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न व्यक्तिलाई ऋण फिर्ता गरेको भनी देखाउने कागजात तयार गरी कारोबार गरेको पाइएको छ। अनुसन्धानका क्रममा पौडेल र उनकी पत्नी हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा रहेको मुद्दती निक्षेप तथा अन्य खातामा जम्मा रकममध्ये २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ १४ पैसा गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको छ।

बिज्ञापन

उक्त रकममा ब्याज वापत थपिएको ७ लाख ३२ हजार ८६२ रुपैयाँ ३९ पैसा समेत जोड्दा कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसाको स्रोत लुकाएर सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको अख्तियारले जनाएको छ।सोही अनुसार अख्तियारले पौडेलविरुद्ध २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार कैद तथा जरिवानाको मागदाबी गरेको छ। साथै पौडेलको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत माग गरिएको छ।

यसै प्रकरणमा पौडेलकी पत्नी हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि मनी लाउन्डरिङ कसुरमा मतियारको रूपमा प्रतिवादी बनाइएको छ। अख्तियारले उपाध्यायबाट २ करोड २३ लाख, जमुना कुमारी रोका क्षेत्रीबाट १ करोड ६३ लाख ६ हजार तथा हरिप्रसाद पौडेल र शान्ति दराई पौडेलबाट १ करोड ३८ लाख रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

बिशेष