बृहत्तर जनकपुर क्षेत्र विकासका तत्कालीन अध्यक्ष सिंह र कर्मचारीविरुद्ध एकसाथ भ्रष्टाचारका २ मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारी र कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आर्थिक वर्ष २०७६/७७ मा २ थान बायो घुम्ती शौचालय खरिद गर्दा सरकारी रकम हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

परिषद्ले खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै बायो घुम्ती शौचालय खरिद गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

भारतको टोटल बिजनेस सेफ्टी एन्ड सेक्युरिटी सोलुसन्सबाट ३३ लाख ५० हजार ९४६ रूपैयाँमा खरिद गर्न सकिने शौचालयलाई, ईशिता ट्रेडर्ससँगको मिलेमतोमा अस्वाभाविक मूल्य वृद्धि गरी ५५ लाख २ हजार ८५४ रूपैयाँ पुर्‍याइएको अख्तियारको ठहर छ ।मुद्दा दायर गरिएकामा परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी र ईशिता ट्रेडर्सका प्रोप्राइटर पशुपति नाथ पाठक छन् ।

बिज्ञापन

 

त्यस्तै ५० थान पोर्टेबल शौचालय खरिदमा झण्डै ५५ लाख रूपैयाँ अनियमितता गरेको अभियोगमा सिंहसहित ५ जनाविरुद्ध अर्को मुद्दा चलाइएको छ । सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनीयतपूर्वक काम गरेको अख्तियारले जनाएको छ ।बजारमा करिब ४२ लाख १६ हजार ५०० रूपैयाँमा उपलब्ध हुने सामानलाई अस्वाभाविक रूपमा वृद्धि गरी ५४ लाख ९९ हजार ९९९ रूपैयाँमा सोझै खरिद सम्झौता गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष