शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी अपराधमा दोषी ठहर गरेको छ। रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र तयार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत सिंह विष्ट लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएका हुन । विष्टले गत वैशाखमा रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी पत्र लेखेका थिए । सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । तर, पत्र फर्जी पाइएपछि चौधरी रिहा भएका थिए ।

बिज्ञापन

यस अघि विष्ट एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको थियो।

बिज्ञापन

सोही मुद्धामा जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलासले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाउने सम्बन्धमा छुट्टै सुनुवाइ गर्न आदेश दिएको छ। तीन वर्षभन्दा बढी कैद हुने अवस्थामा सजाय निर्धारणका लागि अलग प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

बिशेष