यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि असफल भएको सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन अर्थात शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस अघि शनिवारमात्र सार्वजनिक बिदा दिइदै आएकोमा कार्यालय समयलाई ९ बजेदेखि बेलुका ५ बजेसम्म लागू गरिने र सातामा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो ।
बढ्दो इन्धनको मूल्यका कारण सरकार यस्तो निर्णयमा पुगेको हो । तर, उक्त निर्णय कार्यान्वयनमा नआउँदै विवादमा तानिएको छ । यस अघि असफल भएको यो प्रयास वालेन सरकारको समयमा कतिको सफल हुन्छ ? त्यो हेर्न बाँकी नै छ ।

बिज्ञापन

यस अघि १ साउन ०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पनि पेट्रोलको मूल्य बढेपछि दुई दिन बिदा दिने निर्णय गरेर सो निर्णयबाट सरकार व्याक भएको थियो । उक्त समयमा निजामती क्षेत्रमा मात्र दुई दिन बिदा दिइएको थियो । सेवाग्राहीलाई गाह्रो भएपछि निर्णय उल्टाइएको थियो ।

बिज्ञापन

जानकारहरु अनुसार ०४७ सालमा अदालतहरूमा साताको दुई दिन बिदा दिने चलन अभ्यास गरिएको थियो। यस्तै २०५६ सालमा काठमाडौँ उपत्यकामा साताको दुई दिन बिदा दिन सुरु गरिए पनि सो निर्णयमा सरकार लामो समय टिक्न सकेको थिएन । ०७९ सालमा पनि केही समय परीक्षण गरिए पनि अन्ततः सरकार एक दिने बिदाकै निर्णयमा फर्किएको थियो। विगतमा पटक–पटक असफल भएको यो प्रयोग कतिको सफल होला हेर्न बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

बिशेष