तेल अभाव र महँगीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको अभाव देखिन थालेपछि सरकारले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री  बालेन शाहको सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय गरिएको हो।

बिज्ञापन

बैठकमा पछिल्लो समय बजारमा देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ। आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने, बजार अनुगमन कडाइ गर्ने तथा अत्यावश्यक वस्तुको मूल्य नियन्त्रणका उपायबारे पनि मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्न सक्ने जनाइएको छ।

बिज्ञापन

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राखेर कदम चाल्ने तयारी गरेको बताइएको छ। बैठकमा यससँग सम्बन्धित केही प्रशासनिक निर्णयसमेत हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

बिशेष