सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,विभिन्न मन्त्रालय,आयोग,कार्यालयदेखि स्थानीय तहमा कार्यरत रहेका शाखा अधिकृतहरु सरुवामा परेका छन् । मन्त्रालयले सरुवा गर्दा लामो समय देखि सिंहदरबार,मन्त्रालयमा बस्दै आएका शाखा अधिकृतहरुलाई सिंहदरबारबाट बाहिर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेपारी दिएर पठाइएको छ । मन्त्रालयका अनुसार २ बर्षभन्दा बढी सिंहदरबारस्थित मन्त्रालय,कार्यालय,आयोगहरुमा बसिरहेका,कहिल्यै स्थानीय तहमा बसेर काम नगरेका र उनीहरुको घर पायक पर्ने गरी शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,गृह मन्त्रालयबाट प्रेमश शिवालाई सिदिङ्वा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,भूमि मन्त्रालयबाट विदुर अधिकारीलाई मेरिङदेन गाँउपालिका,सामान्यको अतिरिक्त समूहमा रहेका टसी शेर्पालाई मैवाखोला गाउँपालिका,भूमिबाट तेजनाथ पोखरेल पाथिभरा याङबरक गाउँपालिकामा पुगेका छन् । यस्तै,भूमिबाटै कुलप्रसाद पराजुलीलाई तुम्बेवा गाउँपालिका,गृहबाट प्रदीप राईलाई रामप्रसाद राई गाउँपालिकामा खटाइएको सामान्यले जनाएको छ ।
यता,श्रम मन्त्रालयबाट कैलाश न्यौपानेलाई भोटेखोला गाउँपालिका,उद्योगबाट सन्तोष श्रेष्ठलाई माप्य दूधकोशी गाउँपालिका,गृहबाट रमण खड्कालाई महाकुलुङ गाउँपालिका,भूमिका रमेश पौडेललाई सोताङ गाउँपालिकामा पठाइएको छ । यस्तै,शिक्षाबाट अर्जुन राईलाई साकेला गाउँपालिकामा पठाइएको छ । भूमिबाट विष्णुकुमार महत्तलाई दोरम्बा सैलुङ,उद्योगबाट नविन गिरीलाई विलुङ गाउँपालिका,श्रमबाट महेशकृष्ण श्रेष्ठलाई खानीखोला गाउँपालिकामा पठाइएको छ । यस्तै श्रमबाट चक्रबहादुर श्रेष्ठ चौरीदेउरालीमा पुग्दा,सामान्यबाट लेखनाथ भट्टराईलाई भुम्लु,शेखरनिधि पौड्याललाई तारकेश्वर,उद्योगबाट विकास शर्मा आबुखैरनी गाउँपालिका पुगेका छन् ।
यस्तै,गृहबाट जयप्रकाश गौतम हरिनास गाउँपालिका,सामान्यबाट गंगबहादुर थापालाई रुपा गाउँपालिकामा खटाइएको छ ।
सामान्यबाटै गोविन्द केसी र हरिप्रसाद पौडेललाई क्रमश पाल्हीनन्दन र सत्यवती गाउँपालिका,श्रमबाट विक्रम शर्मालाई शुद्धोधन गाउँपालिका,सञ्चारबाट गणेश गौतमलाई माडीमा पठाइएको छ । गृहबाट यामबहादुर बूढा मगरलाई गंगादेव,शोभाराम रिजाललाई राजपुर,भूमिबाट विक्रम गिरीलाई डुडुवा, गृहबाट चुणामणि केसीलाई कुमाखमा खटाइएको छ ।
यस्तै मन्त्रालयबाट स्थानीय तहमा पुगेका शाखा अधिकृतहरुमा श्रमबाट भक्त पाण्डे जगदुल्ला,भूमिबाट श्यामकृष्ण आचार्यलाई डोल्पाको मुड्केचुलामा पठाइएको छ । भूमिबाटै श्याम गैह्रेलाई छार्का,गृहबाट जालान्धर भुसाललाई हिमा,मिनराज थापालाई तिलामा खटाइएको छ । उर्जाबाट हेमराज चापागाई पातारासी,श्रमबाट धु्रवराज भट्टराईलाई शुभकालिकामा खटाइएको छ ।
यस्तै सञ्चारबाट मार्किस दोरंगा मुगुमा पठाइएको छ भने श्रमबाट कुशल वराल सोरु,उद्योगबाट रमेश सिंह भण्डारी स्वामीकार्तिक,हेमन्त चुनारालाई श्रमबाट जगन्नाथ गाउँपालिका,भूमिबाट कृष्ण पौड्याललाई चौरुपाटीमा पठाइएको छ ।

यस्तै यस अघि नगरपालिकामा बढुवाको मुखमा रहेका शाखा अधिकृतहरुलाई समेत प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएकोमा हालैमात्र मन्त्रालयले नगरपालिकामा उपसचिवलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएसँगै त्यहाँ कार्यरत रहेका शाखा अधिकृतहरुलाई सरुवा गरेर अन्यन्त्र खटाइएको छ ।

बिज्ञापन

Notices-20260402185953754

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष